यस्ता छन् घैंटे इन्काउन्टरका तीन कारण


गुन्डागर्दीविरुद्ध प्रहरी अभियान
प्रहरी इन्काउन्टरमा घैँटे मारिनुको पहिलो कारण गुन्डागर्दीविरुद्धको प्रहरी अभियान हो । घैँटेले आफूलाई सुध्रिएको बताए पनि भित्री रूपमा अवैध असुली धन्दा चलाइरहेका थिए । उनीविरुद्धको मौखिक उजुरी प्रहरीमा बढ्दै गएको थियो । पेस्तोल नै देखाएर धम्क्याउने गरेको उजुरी धेरै आएपछि प्रहरीले कडा नीति लिएको हो ।
पक्षपाती नभएको सन्देश दिन
एमालेनिकट डन दिनेश अधिकारी चरीलाई मात्र इन्काउन्टर गरेर अरूलाई सहयोग गरेको आरोप प्रहरीमाथि थियो । घैँटे र चरी कट्टर दुस्मन थिए । प्रहरी व्यक्ति होइन गुन्डागर्दीविरुद्ध आफू सक्रिय रहेको सन्देश दिन चाहन्थ्यो । पुष्कर कार्की अपराध महाशाखामा हुँदा मारिने डरले घैँटे अधिकांश समय विदेशमा लुकेका थिए ।
प्रहरीभित्रकै दुई धार घैँटे मारिनुको तेस्रो कारण प्रहरीभित्रको दुई धार हो । अहिले अपराध महाशाखामा रहेका प्रहरीको घैँटेको समूहसँग दुस्मनी छ । त्यही कारण उनी नै टार्गेट भएको स्रोत बताउाछ । अर्काेतर्फ घैँटेको केही उच्च प्रहरी अधिकारीसँग लेनदेनको विषयलाई लिएर विवाद बढेको थियो ।






प्रतिक्रिया दिनुहोस्...