उत्तर कोरियाले सेनालाई भन्योः युद्धका लागि तयार होउ ! (तस्विर सहित)


४ भदौ, एजेन्सी ।
उत्तर कोरिया र दक्षिण कोरियाबीचको तनाव चरम बिन्दुमा पुगेको छ । उत्तर कोरियाली तानशाह किम जोङ उनले देशको सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् ।
किम जोङ उनले आफ्नो दरबारमै विमान अवतरण र उडान गर्न सक्ने गरी रनवे समेत तयार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जहाँ लडाकु विमान समेत अवतरण गर्न सक्नेछन् ।
Korea war preparation
उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार सेनाका अधिकारीहरुसँग विशेष बैठक बसेपछि किम जोङ उनले दक्षिण कोरिया विरुद्ध आक्रमणका लागि तयार रहन निर्देशन दिएका हुन् ।
कोरियाली प्रायद्वीपमा तनाव बढ्दै जाँदा उत्तर कोरियाले सीमा क्षेत्रमा रहेका सबै लाउड स्पिकर हटाउन ४८ घण्टे समयसीमा दिएको थियो । तर दक्षिण कोरयाले उक्त समयसीमा नमान्ने जवाफ दिएपछि उत्तर कोरिया आक्रमणमा अग्रसर देखिएको छ ।
यस अघि नै उत्त कोरियाले दक्षिणकको सीमा क्षेत्रमा रकेट आक्रमण गरिसकेको छ । रकेटले लाउडस्पिकरलाई निशाना बनाएको बताइएको छ ।
Korea war 1
उत्तर कोरियाको विषयमा बक्तब्यबाजी गरिने त्यस्ता लाउडस्पिकर हटाउन नमानेपछि प्योङयाङ एक पटक पुनः युद्ध लड्ने मनस्थितिमा देखिएको छ ।
स्याटेलाइट तस्विरले किम जोङ उनका सबै दरबारमा विमान उड्न र अवतरण गर्नका लागि रन वे निर्माण भैरहेको बताइएको छ ।
Korea war 3
उता दक्षिण कोरियाले पनि हिँजो गरेको रकेट आक्रमण विरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । दक्षिण कोरियाले आफ्नो भुमिमा उत्तरले गरेको रकेट आक्रमण विरुद्ध जवाफी आक्रमण गरेको दाबी गरे लगत्तै सोलको यस्तो चेतावनी आएको हो ।
उत्तर कोरियाले बिहीवार अपरान्ह चार बजे दक्षिण कोरियाको सिमावर्ती शहर योन्छनमा रकेट आक्रमण गरेको सोलले जनाएको छ । त्यस लगत्तै जवाफी कारबाही स्वरुप दर्जनौ सेल रकेट आक्रमण गरिएको दाबी सोलको छ ।
Korea war 2
एघार वर्ष पछि दक्षिण कोरियाले लाउडस्पीकर मार्फत प्योङयाङ विरोधी प्रचारबाजी सुचारु गरेपछि उत्तर कोरिया क्रुद्ध बनेको हो । गत महिना उत्तर कोरियाले दक्षिणको सिमाक्षेत्रमा राखेको माइन विस्फोटमा दक्षिण कोरियाका दुइ सैनिक गम्भिर घाइते भएपछि सोलले उत्तर विरोधी माइकिङ सुचारु गरेको छ ।
प्योङयाङले दक्षिण कोरिया र अमेरिकाबीच जारी संयुक्त सैन्य अभ्यासलाई आक्रमणको रिहर्सल भएको दाबी गरेको छ । दक्षिण कोरिया र अमेरिकाले केही दिन अघि देखि बाह्र दिने लामो सैन्य अभ्यास गरिरहेका छन् ।
यसैबीच दक्षिण कोरियाका राष्ट्रपति पार्क गे हेले राष्ट्रिय सुरक्षा परिषदको आकस्मीक बैठक मार्फत उत्तर कोरियाबाट हुने कुनै पनि खालको उत्तेजनात्क सैन्य क्रियाकलापको जवाफ दिन सेनालाई निर्देशन दिएकी छिन् ।
korea war 4
दुइ कोरियाली मुलुक सन् उन्नाइस सय पचास देखि त्रिपन्न सम्म युद्धमा होमिएका थिए । युद्ध कुनै शान्ति सम्झौता विना टुङ्गिएको थियो । जसका कारण अहिले दुवै मुलुक प्राविधिकरुपमा युद्धको अवस्थामा छन् ।





प्रतिक्रिया दिनुहोस्...