सात प्रदेश बनाउने शीर्ष बैठकको निर्णय


काठमाडौं : शीर्ष नेताहरु सम्मिलित विशेष समितिको  आजको वैठकले सात संघीय प्रदेशहरु बनाउने निर्णय गरेको छ।
 
विशेष समितिमा रहेका सम्वाद समितिका सभापति बाबुराम भट्टराईले दिएको जानकारीअनुसार पहिलेका १,२,३,४,५ नं प्रदेशहरू यथावत् ( ३ नं प्रदेशमा ठोरी गाविस सहित) राखिएको छ। त्यसैगरी पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला/भूभाग रहने गरी ६ नं प्रदेश र कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नं प्रदेश बनाइएको छ।

प्रदेशहरुको विस्तृत सीमांकन संघीय आयोगले गर्ने भएको छ।  सात प्रदेश बनाउने निर्णयमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले असन्तुष्टी जनाएको छ। 






प्रतिक्रिया दिनुहोस्...