छानबिन आयोग नबनेसम्म घैंटेको शव नउठ्ने केसीले भने– गृहमन्त्री आफैं अपराधी हुन्, उनीसँग के आशा गर्ने ?


काठमाडौं, भदौ ५– प्रहरी ‘इन्काउन्टर’ मा मारिएका कुमार घैंटे प्रकरणमा छानबिन आयोग नबनेसम्म शव नउठ्ने भएको छ । उनको शब अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
kumar ghainte deadbodyनेपाली कांग्रेसका सभासद तथा नुवाकोट कांग्रेसका सभापाति जनदिश्वर नरसिंह केसीले घटनाको न्यायिक छानबिन आयोग नबनेसम्म घैंटेको शब नउठ्ने बताए ।
‘कुमारले बाँच्न पाउँ भन्दै एक महिनाअघि राष्ट्रिय मानवअअधिकार आयोगमा उजुरी हालेको थियो, एउटा मान्छेले म सुध्रिएर बाँच्न चाहन्छु भनेर भन्दाभन्दै कानुविपरित प्रहरीले मार्न पाउँछ ?’, प्रश्न गर्दै केसीले रातोपाटीसँग भने, ‘घटनाको न्यायिक छानबिन आयोग गठन भएसम्म परिवारले उनको शब बुझ्दैनन् ।
उनले प्रहरी मुठभेटमा नभई कुमारलाई षड्यन्त्रपूर्वक हत्या गरिएको भन्दै यसमा गृहमन्त्री बामदेब गौमतकै हात रहेको आरोप लगाए । ‘कुमारलाई षड्यन्त्रपूर्वक मारिएको छ, स्कुटीलाई स्ट्यान्ड लगाउन पाउँदा–नपाउँदै उसलाई तीनतिरबाट गोली हानिएको छ’। केसीले भने, ‘गृहमन्त्री घटनाको ढापछोपमै व्यस्त रहेका छन्, उनले हिजो संसदमा दिएको जवाफ चित्तबुझ्दो छैन, न्यायिक छानबिन समिति गठन नभएसम्म हामी चुप लाग्दैनौं ।’
उनले गृहमन्त्री नै अपराधी भएको विवादास्पद टिप्पणी गर्दै गृहमन्त्रीले संसदमा दिएको प्रष्टिकरण अपराधको ढाकछोपबाहेक अरु केहि नभएको बताउँदै न्यायिक छानबिन नभए परिवारले अन्तराष्ट्रिय मानवअघिकार आयोगमा उजुरी दिने चेतावनी दिए ।
‘पहिला हामी संसदमा न्यायिक छानबिन समिति गठनका लागि दवाव दिन्छौ, त्यो पनि नभए राष्ट्रिय मानवअधिकार आयोगमा छानबिनका लागि उजुरी दिन्छौं, त्यो पनि नभए आवश्यक सबै कागजातका साथ अन्तराष्ट्रिय मानवअधिकार आयोज जानुको विकल्प रहँदैन’, उनले भने ।
उनले कुमारले अदालतबाट सबै घटनामा सफाइ पाएको दाबी गर्दै उनले एक निर्दोष नागरिक मारिएकोमा आफूले विरोध गरेको बताए । विगतमा एमाले निकट गुण्डा नाइके चरिलाई पनि नक्कली इन्काउन्टरमा मारिएको भन्दै यी दुबै घटना गैरन्यायिक भएको उनले दाबी गरे । घैंटेको गत बिहिबार सामाखुसीस्थित कपुरधारामा प्रहरी इन्काउन्टरमा मृमत्यु भएको थियो ।






प्रतिक्रिया दिनुहोस्...