दीपकराज गिरि र दीपाश्री निरौलाको साँच्चिकै विवाह हुने !


श्रोत न्युज २४ => काठमाडौं । एक दशक लामो सहयात्रापछि नेपाल टेलिभिजनको चर्चित हाँस्य टेलिश्रृखला तितो सत्यका जोडि दीपकराज गिरि र दिपाश्री निरौलाले साँच्चिकै विवाह गर्ने भएका छन् । उनीहरुले आफ्नो विवाहको मिति समेत तय गरेका छन् । पत्रकार ऋषि धमलाद्धारा सञ्चालित एउटा टेलिभिजन शो मार्फत हाँस्य कलाकार दीपकराजले दीपाश्रीसँगको बिहेको मिति सार्वजनिक गरेका हुन् । आफ्नो कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार धमलाले दबाब दिएपछि दिपकराजले मिति तोकेका हुन् । ‘तीतो सत्य’ को हिट जोडीलाई रियल लाइफमा पनि कति दर्शकले पति पत्नीकै रुपमा चिन्ने गर्छन् । विवाहित दीपकराजसँग अविवाहित दीपाश्रीको विवाह अहिलेसम्म भएको छैन । हुन्छ वा हुदैन ? त्यो त भविष्यले बताउने छ । तर, पत्रकार ऋषि धमलाले भने कलाकार दीपकराज गिरीलाई दीपाश्रीसँगको बिहेको मिति तोक्न लगाएरै छाडे । धमलाको उक्त प्रश्नमा दीपकराजको जवाफ थियो–‘म यसको मिति ठ्याक्कै घोषणा गर्छु, २१ सय ३८..’ । दीपक र दीपाश्री हाल आउँदो असोज १ गते देखि प्रदर्शनमा आउँने आफ्नो नयाँ फिल्म ‘वडा नं ६’ को प्रचार प्रसारमा व्यस्त छन् । भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस





प्रतिक्रिया दिनुहोस्...