बालबालिकाको यौन भिडियो बनाउने प्रहरीकै काम : वकिल
फोटो :फाइल फोटो
लाहोर : पाकिस्तानमा साना नानीहरुलाई जवर्जस्ती नियन्त्रणमा लिएर यौन दुव्र्यवहार गरी भिडियो बनाउने काममा पाकिस्तानको प्रहरीकै हात रहेको सो घटनाको अध्ययन गरिरहेका एकजना वकिलले जानकारी दिएका छन् ।
उहाँले उक्त घटनाका दोषीको पहिचान भइसकेको र उनीहरुलाई बचाउन प्रहरी आफै लागेकाले यस्तो घटनामा प्रहरीकै हात रहको खुलेको उनले बताए। पाकिस्तानको राजधानीमा नै भएको सो घटनामा करिब २८० जना बालिकालाई दुव्र्यवहार गरेको खुलेको छ ।
यसमा २५ जनाको एक समूह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको लातिभ अहमद सहाराले सो जानकारी दिए । ती व्यक्तिले राजधानी र केही ग्रामीण क्षेत्रका बालिकालाई यस काममा बलजफ्ती लगाएका थिए । उनीहरुले ती नानीहरुलाई प्रयोगगरी सयौँ भिडियो बनाएका र सोही देखाएर उनीहरुका अभिभावकसँग पैसाका लागि मोल मोलाई गरेका थिए ।
पाकिस्तानको पञ्जाव प्रान्तका मुख्यमन्त्री साहबाज शरिफले सो घटनाको अनुसन्धानका लागि एक स्वतन्त्र आयोगको गठन गरिएको र दोषीमाथि कारबाही गरिने जानकारी दिए । सबैभन्दा बढी सिकार बन्न पुगेको क्षेत्र पञ्जाव प्रान्तको हुसेन खानवाला क्षेत्र हो ।
सो क्षेत्रमा पाकिस्तानको प्रमुख सत्तारुढ दल पाकिस्तान मुस्लिम लिगको मुख्य वर्चस्व रहेकोले यस घटनाको अनुसन्धानमा पनि राजनीतिकरण हुनसक्ने बताइएको छ ।
सो क्षेत्रमा पाकिस्तानको प्रमुख सत्तारुढ दल पाकिस्तान मुस्लिम लिगको मुख्य वर्चस्व रहेकोले यस घटनाको अनुसन्धानमा पनि राजनीतिकरण हुनसक्ने बताइएको छ ।
तर प्रधानमन्त्री नवाज शरिफले भने यस घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सार्वजनिक रुपमै आदेश दिएका छन् । सो गाउँबाट प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
उनीहरुमाथि पनि कडा कारबाही गरेको छैन । सो गाउँमा अरुपनि शङ्कास्पद व्यक्ति रहेका आफन्तले भनेका छन् तरपनि प्रहरीले भने कुनै कारबाहीमा चासो देखाएको छैन ।
उनीहरुमाथि पनि कडा कारबाही गरेको छैन । सो गाउँमा अरुपनि शङ्कास्पद व्यक्ति रहेका आफन्तले भनेका छन् तरपनि प्रहरीले भने कुनै कारबाहीमा चासो देखाएको छैन ।
कयौँ दोषी सोही गाउँमा छन् तर प्रहरीले पक्राउ गरेको छैन र उनीहरुलाई उल्टै उम्किने अवसर दिइरहेको वकिल सहाराले जानकारी दिए ।