मेलामा खुकुरी हानाहान, ७ जना गम्भिर घाइते


भदौ १२ । मेला भर्न गएका युवाहरुका विचमा विवादपछि झडप हुँदा ओखलढुंगामा सात जना गम्भीर घाइते भएका छन् । जनै पूर्णिमाको मेला भर्न अघिल्लै दिन जन्तरखानी र विगुटारको सिमना ठाडे गएका युवाहरुको अपरिचित व्यक्तिको समुहसँग विवाद बढेपछि शुक्रबार मध्यराती खुकुरी हानाहान भएको थियो ।

खुकुरी लागेर सिद्धिचरण नपा ३ सोबु्रका सुमन राई,सनम राई, माइतराज राई, रागादीप ५ का चन्द्रधन राई, रागादीप २ का सुगम राई र सनद राई, रागादीप १ का राजेन्द्र राई रहेका छन् । सबैको टाउको र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये सुमन राई र सनम राईको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई राती दुईबजे सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

ओखलढुंगामा उपचार हुन नसकेपछि थप उपचारका लागि सबै सातै जनाको हेलिकोप्टरमार्फत शनिबार दिउँसो काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले जानकारी दिए । प्रहरी घटनास्थल पुगेपनि आक्रमणकारी पहिचान हुन नसक्दा पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार भएको स्थानका तीन जना गाउँलेलाई झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्...