गौरमा प्रहरीको गोली लागेर एक युवक घाइते


गौतम श्रेष्ठ
८ भदौ, गौर । निषेधाज्ञा तोड्दै रौतहटको गौरमा प्रदर्शनमा उत्रिएको समूहमा प्रहरीले मंगलबार दिउँसो गोली चलाउँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा मठिया गाविसका २० वर्षीय राजकिशोर ठाकुर रहेका छन् ।
Gaura-Sena-ko-jimma
गोली लागेर घाइते राजकिशोरलाई उपचारका लागि बीरगन्ज पठाइएको बताइएको छ । उनको पेटमा गोली लागेको छ ।
स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै ५ जना भन्दा धेरै जम्मा हुन रोक लगाए पनि सय डेढसय जना आन्दोलनकारी करबिर चोकमा भेला भएर प्रदर्शन गरेका थिए ।
सो समूहले प्रहरीमाथि ढुंगा प्रहार गर्दै अघि बढ्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले ले अनलाइनखबरलाई जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्...