तौलिहवामा गोली चल्यो, दुईजना घाइते
२ भदौ, तौलिहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रदर्शन नियन्त्रणमा लिन कपिलवस्तुको तौलिहवामा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा कपिलवस्तु नगरपालिका १२ का ३४ वर्षीय पुन्नवासी कहार र बर्गदवा गाविसका राजेन्द्र महरा छन् । कहारको बायाँ हातमा र महराको बायाँ घुँडामा गोली लागेको छ । उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।
जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको हो । अहिले पनि तौलिहवाको स्थिति तनावग्रस्त छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।