१५ देखि ४५ लाख लिएर क्यानडा, अमेरिका र रसिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाहरुमा क्यानडा पठाउने भन्दै रकम उठाउने काठमाडौंको घन्टाघरस्थित वल्र्डवाइड ऐजुकेसन सेन्टरका सन्चालक गोरखाका हरिराम आचार्य रहेका छन् ।
/>
यस्तै, अमेरिका र रसिया पठाउने भनी ठगी गर्ने काठमााडैंकै टेकुस्थित सेन्टर इन्भेस्टिकेसन सेक्युरिट फोर्सका सन्चालक सुर्खेतका भागचन्द्र महरलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ ।
महरले प्रतिव्यक्ति १५ लाखदेखि ४५ लाख रुपैयाँसम्म रकम लिने गरेको प्रहरीले जनाएको छ ।
यस्तै, अर्काको जग्गा धितो राखी रकम निकाल्ने काठमाडौं, बुद्धनगरका बाबुलाल श्रेष्ठ र चोरीमा संलग्न भएको आरोपमा दोलखाका सुवाश नेपाली तथा काठमाडौंका मदन कपालीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।