यो भन्दा दर्दनाक के हुन सक्छ अब ? प्रहरीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो ....एकपटक हेर्नुहोस भिडियो


भाद्र ७, २०७२- कैलालीकाे टीकापुरमा भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यानेसहित २० जनाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ ।



सशस्त्र प्रहरी प्रधान कार्यालयका डिएसपी अजय छत्कुलीका अनुसार भने अहिलेसम्म सशस्त्र प्रहरी हवल्दार रामविहारी थारु र ललित साहुको मात्रै मृत्यु पुष्टि भएको छ । उनले सशस्त्र प्रहरीतर्फ हताहती यकिन नभएको बताए ।

मृत्यु हुनेमा प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टरहरु केशव बाेहरा र बलराम बिष्ट छन् ।

नेपाल प्रहरीका सुदूर पश्चिम डिआइजी रामकुमार खनालले करिब १:४५ तिर प्रदर्शनकारीहरु निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि घटना भएको बताउँदै घाइतेको उद्दारमा व्यस्त भएकाले हताहतीको संख्या यकिन नभएको बताए ।

कैलालीको टीकापुरमा थरुहट पक्षधर र प्रहरीबीच भएको भिडन्तमा प्रहरी एसएसपीसहित ६ जनाको मृत्यु भएको छ ।


प्रहरी प्रधान कार्यालय कार्य विभागका डिअाइजी हेमन्त पालका अनुसार सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने र दुईजना इन्सपेक्टर केशव बाेहरा र बलराम बिष्टसहित एक हवल्दार एक सिपाहीको मृत्यु भएको छ । एक हवल्दार सहित सशस्त्र प्रहरीका ३ पनि मृत्यु भएको छ । यस्तै प्रदर्शनकारी तर्फ पनि ठूलो हताहात भएकाे छ ।
प्रशासनले जारी गरेको निशेधित क्षेत्र तोडेर सभा गर्न खोजेका थरुहट कार्यकर्ता र प्रहरीबीच भीडन्त भएको थियो । भीडन्त टिकापुर र दुर्गाैली क्षेत्रमा भएको हो । तीनतिरबाट १० हजार जति प्रदर्शनकारी जम्मा भएका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि कैयाै‌ हताहत भएको बताएका छन् । प्रदर्शनकारी तर्फ ३ जना सिकिस्त भएको र अन्यलाई पनि अस्पताल पुर्‍याइएको छ ।

यसै घटनालाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले केहीबेरमा बस्ने तयारी भइरहेको छ । गृहमन्त्रालयमा सुरक्षाा समितिको आकस्मिक बैठक अहिले चलिरहेको छ ।

काे हुन् एसएसपी न्यौपाने ?

एसएसपी न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । उनको स्थायी घर चन्द्रगढि, झापा हो । हाल श्रीमती र एक छोराऽ एक छोरी सहित काठमाडौं सिनामंगल बस्दै




प्रतिक्रिया दिनुहोस्...