सीमांकन–नामांकन गर्ने हैसियत कुनै नेताको छैन : संविधानविद् आचार्य
भक्तपुर, भदौ १० । संविधानविद् भीमार्जुन आचार्यले सीमांकन र नामांकनसहितको संविधान जारी हुनै नसक्ने बताएका छन् ।
विहीबार भक्तपुरमा गरिएको कार्यक्रममा संविधानविद् आचार्यले ‘संघीयताको सीमांकन र नामांकन गर्ने हैसियत कुनै पनि नेताको नभएको’ बताएका हुन् ।
उनले हतारमा संविधान जारी गर्दा झन् समस्या आउने भन्दै समस्याको गहन अध्ययन गरी विवादको टुंगो लगाउन सुझाव दिए । ‘कसैलाई प्रधानमन्त्री बन्न रहर लाग्यो भन्दैमा छिटो संविधान जारी गर्न नहुने’ उनको भनाइ थियो ।
संविधानविद् आचार्यले ‘जबरजस्ती सीमांकनसहितको संविधान जारी गरे नेपालमा फेरि अर्को द्धन्द्धको बिजारोपण हुने’ जिकिर गरे ।
पहाडी र थारु समुदायको सयौं वर्षदेखिको सद्भाव खलल पार्न कैलालीको टीकापुर घटना सुनियोजित रुपमा गराइएको उनको भनाइ थियो । जनताले दिएका सुझाव संविधानमा समेट्नसमेत उनले सुझाव दिए