पुनर्निर्माणका लागि स्वदेश फर्कन अातुर छन् परदेसिएका नेपाली



baideshk rojgarयूएई । विनाशकारी महाभूकम्पपछि ध्वस्त भएका संरचनाहरुको तत्कालै पुनर्निर्माण गर्नुपर्नेमा आवाज उठिरहेको छ । पुनर्निर्माण प्राधिकरण गठन गरिए पनि पूर्णता भने पाएको छैन । पुनर्निर्माणका लागि काठमाडौमा भएको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा पनि सहयोगका लागि थुप्रै प्रतिबद्धताहरु आएका छन् । प्रवासमा रहेका नेपालीहरु अधिकांश मुलुकको पुनर्निर्माणका लागि जुनसुकै योगदान गर्न पनि तयार रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले राज्यले योजना ल्याएमा पुनर्निर्माणका लागि आफूहरु स्वेदेश फर्किन तयार रहेको समेत उनीहरुले प्रतिक्रिया दिएका छन् ।
प्रवासमा रहेका नेपालीहरुबाट ध्वस्त संरचना पुनर्निर्माणका लागि कसरी योगदान हुन सक्ला ? अनलाइनखबरका यूएई संवाददाता रामप्रसाद ढुंगेलले यूएईका नेपालीसँग लिएको प्रतिक्रिया ।
durgalal sharmaपुनर्निर्माणका लागि देश फर्किन तयार छु
दुर्गालाल शर्मा, अध्यक्ष, लुम्बिनी वेल्फेयर सोसाइटी, यूएई
देश भूकम्पका कारण क्षतविक्षत हुँदा कामको खोजीमा देशबाहिर रहेका सबै नेपालीहरु अत्यन्तै दुःखी भएका छौं । देशमा परेको विपत्तिको चोटमा के कसरी सहयोग गर्ने भनेर हामीले यूएईबाट उल्लेख्य आर्थिक तथा खाद्यान्य, त्रिपाल, औषधीहरु प्ाठाएका थियौं । अधिकांश नेपालीहरुले सकेको सहयोग गरेका छन् । हाम्रै संस्थाले पनि दस हजार दिराम्स अर्थात् नेपाली २ लाख ७५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
राहतपछि अब नेपालले पुनःनिर्माण अथवा नवनिर्माणको युगमा प्रवेश गर्नुपर्ने बेला आएको छ । भूकम्पले हामीलाई त्यो बाटो खुला गरिदिएको छ । विदेशमा बस्नेहरुले देशको नवनिर्माणमा प्रत्यक्ष रुपमा सहभागी भएर काम गर्न चाहन्छन् । सरकारले परदेशमा कार्यरत विशेषज्ञहरुलाई नेपालमा बोलाएर जिम्मेवारी दिने अवस्था सिर्जना गर्नुपर्छ ।
J sagarमैले अत्याधुनिक भवन निर्माण, बाटो, राउन्डअबाउटको निर्माणमा १८ वर्षको अनुभव हासिल गरेको छु । उपयुक्त वातावरण सरकारले सिर्जना गर्ने हो भने म देश र्फकन तयार छु । आगामी समय म देशको निर्माणमा लगाउन चाहन्छु । मैले हेल्थ, सेफ्टी तथा इन्भायरोमेन्टको क्षेत्रमा अहिले काम गरिरहेको छु । यो अनुभव मैले देशको निर्माणमा लगाउन पाए भने त्यो मलाई र देशलाई पनि फलदायी हुनेछ । परदेशमा प्राविधिक ज्ञान भएका धेरै नेपालीहरु छन् । उनीहरुलाई नेपाल फर्काएर नवनिर्माणमा लाग्ने अवसर सिर्जना गर्ने काम सरकारको हो । त्यसरी नै सरकारले राम्रो कार्यक्रम ल्याउने हो भने विदेसिएका नेपालीहरुबाट उल्लेख्य रकम पनि जम्मा हुन सक्छ । नेपालमा पुनःनिर्माण प्राधिकरण बन्ने लगभग पक्का भएको छ । हामी परदेसिएका नेपालीहरुले देशको निर्माण गर्न सक्ने कार्यक्रम नवस्थापित प्राधिकरणले गर्ने आशा गरेका छौं ।
विदेशीसँग भीख नमागौं, हामी योगदान गर्न आतुर छौं
जे. सागर, सचिव, अनेकस, यूएई
सिन्धुपाल्चोक (हालः एलएन)
हालसालै नेपालमा गएको भूकम्पले विनाशमात्र गरेर कि स्वदेश तथा विदेशमा रहेका नेपाली मनहरुमा पनि परिवर्तन गराउने गरी असर छाडेर गएको छ । भूकम्पले हामीलाई एकता र सहकार्यको पाठ सिकाएको छ ।
देशको विखण्डित राजनीतिबाट जात, धर्म, क्षेत्र, वर्ग र आस्थामा बाँडिएका हामी भूकम्पको झट्काले एकै ठाउँमा जम्मा हुन पुग्यौं । त्यसको ज्वलन्त उदाहरण अबुधाबीमा सम्पन्न जून १२ को बृहत सांगीतिक कार्यक्रम हो । एकता नै अहिलेको आवश्यकता हो भन्ने बुझ्न भूकम्प नै कुर्नुपर्यो । जे होस् भूकम्पपीडितका लागि अहिलेसम्म भएका कार्यक्रमहरु अल्पकालीन समाधानमात्रै हुन् ।
अब हामीले निर्माणको चरणमा जानुछ । पुनर्निर्माणमात्र नभई नवनिर्माण गरी नयाँ युगमा प्रवेश गर्नुछ । अल्पकालीन होइन, दीर्घकालीन योजनाका साथ एकताबद्ध भई अघि बढ्नुछ । चार लाख भन्दा बढी नेपाली रहेको यूएईमा श्रम गर्ने नेपालीहरुबाट देशको नवनिर्माणका लागि एक दिनको तलबमात्र जम्मा गर्ने हो भने करोडौं रकम संकलन हुनेछ । दाता सम्मेलनको बहानामा विदेशीसँग भीख माग्नुभन्दा हामी आफै देशको निर्माणका लागि योगदान गर्न आतुर छौं ।
chitra kcत्यसबाहेक आफूले सिकेको सीपलाई देशमा उपयोग गर्न पनि हामी तयार छौं । निणर्ायक तहमा बसेकाहरुले हामीलाई समेटेर रचनात्मक योजनाहरु ल्याउनुपर्छ । यसका लागि यहाँ कार्यरत व्यक्ति, संस्था र दूताबास सबैबीच समन्वय हुनु जरुरी छ । यदि नेपालको नेतृत्व तहमा बसेका नेताहरुबाट हामीले पठाएको आर्थिक सहयोग र हाम्रो सीपको सदुपयोग हुने ग्यारेन्टी भए हामी सबै प्रकारका सहयोग गर्न तयार छौं । त्यो वातावरण तयार हुन्छ भने हामी एक दिनको मात्र होइन, एक महिनाको कमाई राष्ट्रका नाममा सुम्पन तयार छौं ।
पुनःनिर्माण प्राधिकरण गठन स्वागतयोग्य
चित्र केसी, अध्यक्ष, नेपाली जनसम्पर्क समिति, यूएई
राष्ट्रलाई महाविपत् परेको बेला मूकदर्शक भएर कोही पनि बसेको नहोला । कुनै पनि नागरिकले आप\mनो देशप्रतिको केही कर्तव्य पूरा गर्नुपर्ने हुन्छ । जहाँसम्म विदेशको कुरा, त्यसमाथि पनि युएईका हरेक नेपालीले नेपालमा भुकम्प गएको दिनदेखि नै पीडितलाई राहत पुर्याउनका लागि अहोरात्र खटेर निकै राहात सामान पनि पठाइसकेको अवस्था हो ।
अहिले आएर पुनर्निर्माणको लागि पनि निकै पैसाको जरुरत पर्ने भएको हँुदा युएईमा रहेका सामाजिक संघसस्थाले अबुधाबीमा रहेको नेपाली दूताबाससँग सहकार्य गरेर विभिन्न कार्यक्रम गरेर विभिन्न कम्पनीसँग अनुरोध गर्नुको साथ साथै व्यक्तिगत तवरले पनि पैसा संकलन गरेर प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्ने क्रम निरन्तर चलिराखेको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट पुनःनिर्माण प्राधिकरण समिति गठन गरेर पुनःनिर्माण कार्यलाई अगाडि लैजाने कुरा भएको छ । यो अति नै स्वागतयोग्य कुरा हो ।
नेपाली जनसम्पर्क समिति युएईले पनि मुलुकलाई परेको महाविपत्को बेलामा पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राहत र पुनःनिर्माणका लागि आर्थिक जुटाउने कार्यमा निकै सक्रिय भूमिका खेलेको अवस्था हो । समितिका साथीहरु यस कार्यलाई सम्पन्न गर्न आआफ्नो ठाउँबाट सक्दो लागिपर्नु भएको छ । यो समयमा हामी नेपाली कुनै जात, धर्म, वर्ग, भेकमा विभक्त नभई समग्र नेपालीको भावनालाई आत्मसात् गरेर नेपालीको एकताको पहिचान दिन सफल भएका छौं । साँच्चीकै नेपालीहरु एकजुट हुने हो भने जस्तोसुकै कठिन काम पनि सहज तरिकाले पूरा गर्न सकिने रहेछ भन्ने कुराको पुष्टि हामीले जुन १२ ताखिमा नेपालबाट राष्ट्रिय कलाकारको साथमा सम्पन्न गरेकोे सफल च्यारिटी कार्यक्रमबाट पनि पुष्टि भएको छ । आगामी दिनहरुका पनि देशको पुनःनिर्माणका लागि हामी एकताबद्ध भएर अघि बढ्नेछौं ।
हाम्रो उत्साह ढल्नुहुँदैन
प्रकाश कोइराला, अध्यक्ष, नेपाली प्रवासी मञ्च, यूएई
prakash koiralaगत वैसाख १२ र त्यसपछि आइरहेका भूकम्पका कम्पनहरुले देश तथा देशबासीहरु आक्रान्त बनेका छन् । हजारौं नेपालीहरु मरेका छन्, लाखौं घरबारविहीन भएका छन् करोडौंको भौतिक सम्पत्ति नष्ट भएको छ ।
सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरु ढलेका छन् । यो विपत्तिलाई कसैले रोक्न सक्दैनथ्यो । हामीले पूर्वतयारी गरेको भए क्षति कम गर्न सकिन्थ्यो ।
अब जे भए पनि हाम्रो उत्साह ढल्नुहुँदैन । हामीले अब उठ्नुपर्छ । देशलाई नयाँ युगमा लैजानका लागि यसलाई एक अवसरको रुपमा प्रयोग गर्नुपर्छ । देशलाई पुनःनिर्माण गर्नका लागि भावना मात्र भएर हुँदैन, हामी सबैको संकल्प चाहिन्छ । विदेशमा बस्ने हामीहरुको पनि कर्तव्य हो देशलाई निर्माण गर्ने । त्यसका लागि अरुको बाटो नहेरी म के गर्नसक्छु भन्ने प्रश्न आफंैले आफैलाई गरी अगाडि बढ्नुपर्छ ।
संस्थागत रुपमा हाम्रो समितिले भूकम्प आएको चौथो दिनमा राहत स्वरुप २ लाख ५२ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ । यूएईबाट सबैभन्दा छिटो राहत हामीले नै पठाएको हो । म स्वयम् नेपाल गएर राहत वितरण तथा उद्धार कार्यमा केही समय सक्रिय रुपमा खटेको थिए ।
gopal kandelहाम्रै कमिटिका साथीहरु गीरमान मगर, दामोदर नेपाल पनि राहत तथा उद्धारका लागि नेपाल जानु भएको थियो । सारजा क्षेत्रीय समितिको सचिव दीपक राउतजी सिन्धुपाल्चोकको आफ्नो घर ध्वस्त हुँदाहुँदै पनि अझै उद्धार तथा राहत कार्यमा क्रियाशील हुनुहुन्छ । हाम्रो मञ्चले पार्टीले स्थापना गरेको उद्धार तथा पुननिर्माण कोषमा थप २ लाख ७५ हजार रुपैयाँ पनि जम्मा गरिसकेको छ ।
सरकारले आहृवान गरेमा हामी अझ पनि सहयोग गर्न तत्पर छौं । व्यक्तिगत रुपमा मैले बाँकेको कोहलपुरमा लुम्बिनी सप्लायर्सको स्थापना गरेको छु । नेपालका पूर्वी भेगमा भएका निर्माण सामग्रीका फ्याक्ट्रीहरुका सामग्री नेपालका पश्चिम क्षेत्रमा महंगोमा किन्दै आएका ग्राहकहरुलाई होलसेल मूल्यमा दिने गरेको छु । सस्तो तथा सजह तरिकाले पश्चिम नेपालका २१ जिल्लामा लुम्बिनी सप्लायर्सले सामान उपलब्ध गराएर पुनःनिर्माणको अभियानमा साथ दिने मैले प्रयास गरेको छु ।
पुनःनिर्माणमा आफ्नो दायित्व सम्झेर लागौं
राजु खड्का, अध्यक्ष, अर्घाखाँची सम्पर्क समिति, यूएई
raju khadkaदेश पुनःनिर्माणमा विदेशमा रहेकाहरुको भूमिकाकोे विषयमा यूएईमा पनि छफफल चलिरहेको छ । देश पुनःनिर्माण अहिले हामीहरु देशपरदेशबाट जाति, धर्म, तराई हिमाली र पहाडीको एउटै आवाज गराउन जरुरी छ । भूकम्पपछि अस्तव्यस्त भएको नेपाललाई सरकारले देशविदेशमा रहेका युवायुवतीहरुलाई एक गराउन नसक्नु निकै ठूलो कमजोरी रहेको छ । तर पनि हामी राजनीति र सरकारको प्रतीक्षा नगरी आफूले सक्दो प्रयास गर्नुपर्ने अवस्था आएको मैले महसुस गरेको छु । जे जसरी हुन्छ, राष्ट्रप्रतिको पुनःनिर्माणमा आफ्नो दायित्व सम्झेर स्वतःस्फुर्त सहयोग गर्नु आवश्यक रहेको छ । विदेशमा रहेका सम्पूर्ण संघसंस्थाहरुले आफ्नो जिल्ला, पार्टी नभनीसामुहिक रुपमा सहयोगार्थ कार्यक्रम, डकुमेट्री प्रदर्शन, च्यारिटीमूलक कार्यक्रम तथा सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु आयोजना गरी पुनःनिर्माणमा अर्थ संकलन गर्न जरुरी देखिन्छ । यसबाट हामीले जनचेतना जगाउन, विदेशमा रहेकाहरुलाई एकजुट गराउन र देश पुनःनिर्माणमा निकै ठूलो सहयोग हुनेछ । अहिले यूएईमा पनि हामी त्यही गरिरहेका छौं । अब पनि यस्तै कार्यक्रममा हाम्रो पूर्ण साथ रहनेछ । अझ सम्भव भएसम्म हरेक देशमा रहेको नेपाली राजदूताबाससँग समन्य गरी हरेक नेपालीले आफ्नो मासिक तलबको केही प्रतिशत जम्मा गराउन सक्ने हो भने यो नै सबैभन्दा प्रभाबकारी र राम्रो योजना हुन सक्छ कि भन्ने मैले महसुस गरेको छु।
भूकम्पले र्निर्माणको मौका दिएको छ
गोपाल कँडेल, महासचिव, एनआरएन, यूएई
प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन । यसले पारेको क्षति अपुरणीय छ । अब भूकम्पको चोटलाई बिर्सदै देशको चौतर्फी विकासमा लाग्नुपर्छ । त्यो मौका भूकम्पले जुराइदिएको छ । विपत्ति आयो, विनास गर्याे र गयो तर आगामी दिनमा देशलाई पुनः पहिलेको अथवा त्योभन्दा समृद्ध बनाउने भन्ने बहस सुरु भएको छ ।
देशलाई भौतिक, आर्थिक, सामाजिक आकारमा दरिलो बनाउनको लागि पक्कै पनि केही दशक सम्पूर्ण पक्षले खर्चिनै पर्ने हुन्छ । हामी प्रवासमा बस्ने प्रवासी तथा गैर आवासीय नेपालीहरुले यसमा प्रभावकारी भूमिका खेल्न सक्छौं । एनआरएनको टिमले भूकम्प लगत्तै जसरी रातह वितरणमा सक्रियता देखायो, त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ ।
man bdr kcअबको चरणमा पनि एनआरएनको भूमिका महत्वपूर्ण हुन्छ । सरकारले पुनःनिर्माण या नवनिर्माणका लागि घोषणा गर्ने सबै अभियानमा शेष घलेको नेतृत्वमा रहेको एनआरएनको प्रत्यक्ष सहभागिता हुनेछ । हामी यूएईबाट पनि प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागी भएर देशको निर्माणमा काँध थाप्नेछौं । नेपालमा भित्रिरहेको रेमिटान्सले पनि पुनःनिर्माणमा दरिलो टेवा पुग्ने नै छ । हामीले पठाएको रकमको सही सदुपयोग होस् र उचित राजनीतिक वातावरण बन्न सके देशले अर्को मोड लिन सक्छ । यसका लागि सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग आवश्यक पहल गरी सुरक्षित लगानी गर्ने सक्ने वातावरण तयार गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।
नवनिर्माणमा सहयोग गर्न आतुर छौं
मानबहादुर केसी ‘मुस्कान’ मंगलसेन-४, अछाम -हाल ः फुजेरा, यूएई)
महाभूकम्पमा परेका पीडितहरुको दुःखमा मलम लगाउँदै क्षतिग्रस्त बनेका भौतिक संरचनाहरुको पुनःनिर्माण तथा पुनःस्थापना गर्नका लागि यूएईको सरकारदेखि यहाँ कार्यरत नेपाली, विभिन्न नेपाली संघसंस्था, कम्पनी, विदेशी नागरिकहरुले उल्लेखनीय योगदान पुर्याएका छन् ।
यहाँ रहेका नेपालीहरुले र नेपाली संघसंस्थाहरुले आफ्नो देशको विपत्तिमा तन, मन, धन लगाएर सहयोग गरेका छन् । विपतको यो घडीमा यहाका सम्पूर्ण नेपालीहरू एकजुट हँुदै भूकम्प पीडितहरूको उद्धार सहयोगमा निरन्तर लागिरहेका छन् ।
DR gurungएकले थुकी सुकी, हजारले थुकी नदी’ भने झै विपत घडीमा समस्या भोगिरहेका पीडितहरुको दुःखमा सक्दो सहयोग गरेर मलम लगाउदै भूकम्पबाट उत्पन्न विषम परिस्थिति तथा देशको पुनःनिर्माण र पुनःस्थापना अभियानमा पनि सबै संघसंस्था तथा यूएईमा कार्यरत नेपालीहरुले हातेमालो गर्दै सहयोगका लागि जनचेतना जगाउदै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । यो हामी सबैको कर्तब्य पनि हो । यसका लागि युएईबासी नेपालीहरु देशको नवनिर्माणमा सहयोग गर्न आतुर छन् ।
सस्तो लोकप्रियताका लागि काम नगरौं
डीआर गुरुङ, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, यूएई
युएईमा रहने नेपालीहरुले महाभूकम्पले क्षतिग्रस्त भएको नेपालको पुनर्निर्माणमा के भूमिका खेल्न सकिन्छ भनेर विभिन्न जमघट तथा भेलाहरुमा बहसको विषय बनेको छ । परदेशमा रहेका हामीले भौतिक रुपमा धेरै योगदान दिन नसके पनि केही कामहरु भने अवश्य गर्न सक्छौं र गरिरहेका छौं ।
हामीले तत्काल गर्न सक्ने भनेको त अर्थ संकलन नै हो । युएईबाट धेरै सहयोग गईरहेको छ र त्यो जारी छ । भर्खरै मात्रै पनि यूएईबासीको सबैको पहलमा एउटा साझा बृहत् सांस्कृतिक कार्यक्रम भएको थियो, जसबाट पनि संकलित ४३ लाख भन्दा बढी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ ।
अझै नयाँनयाँ उपायहरु अपनाउने र पुनर्निर्माणको कार्यमा जसरी सम्पूर्ण नेपालीहरु एक भएका छन्, त्यो स्पिरिटलाई हामीले आआफ्नो ठाउँबाट प्रोत्साहित गरिरहनु पर्दछ । सस्तो लोकपि्रयताको निम्ति केही मित्रहरु बढी उत्साहित पनि हुन सक्छन्, तर मूल कुरा त्यो एकताको भावनालाई कम्तिमा पुनर्निर्माण कार्य सम्पन्न नहुन्जेलसम्मको लागि टुट्न नदिनेतर्फ सबैले गम्भीर हुनुपर्दछ ।
अर्कोतर्फ नेपालीहरु मात्र नभएर यहाँका धेरै कम्पनीहरु, गैर नेपाली संघसंस्थाहरु पनि उपयुक्त माध्यम भएर सहयोग गर्न तयार छन् । नेपालीहरुको जनस्तरबाट र राजदूतावासको स्तरबाट निरन्तर प्रयास भइरहनु पर्दछ । बेलाबखत औपचारिक मिटिङ वा सम्मेलनहरु गरेर पुनर्निर्माणको बारेमा अपडेट गरिरहनु पर्दछ । यो विदेशीहरुको बीचमा मात्रै नभएर युएईमा रहेका नेपालीहरुको बीचमा पनि गर्नु पर्दछ ।
hemanta poudelपहिले सहयोग गरी सकेका स्वदेशी तथा विदेशी दाताहरुलाई अझै सहयोग गर्न र सहयोग गर्न बाँकी भएकाहरुलाई पनि सहयोग गर्न प्रोत्साहित गर्नको निम्ति पनि यस्ता मिटिङ र सम्मेलनहरु गरी रहनुपर्दछ । मुख्य कुरा नेपालमा गएको विनाशकारी महाभूकम्प र त्यसबाट भएको जनधनको क्षतिको बारेमा स्वदेशी तथा विदेशी दाताहरुलाई भुल्न नदिनु हाम्रो जिम्मेवारी हो ।
नेपालले काँचुली फेर्ने बेला
हेमन्त पौडेल, अध्यक्ष, नेपाली जनप्रगतिशील मञ्च, यूएई
वैदेशिक रोजगारीमा रहेका नेपालीको राष्ट्रप्रति चिन्ता अति नै हुन्छ । देशमा परेको ठूलो प्राकृतिक विपतिलाई सामना गर्दै पुनर्निर्माण र नवनिर्माणको दिशामा अगाडि बढ््नुको विकल्प छैन ।
अब नेपालले काँचुली फेर्ने बेला आएको छ । अगाडि बड्नकालागिपहिलो कुरा त सरकारी तवरबाटै वैज्ञानिक तथा आधुनिक बस्ती विकासको योजना आउनुपर्छ । यो नव निर्माणको कार्य मन्त्रिपरिषद्बाट नभई संसदप्रति जिम्मेबार निर्माण प्राधिकरण मार्फत बृहत् नवनिर्माण योजना राज्यद्वारा अगाडि ल्याइनुपर्छ ।
हाम्रा बस्ती, गाउ, सहर, मन्दिर र प्राकृतिक सम्पदाहरु सबै क्षेत्रमा नवनिर्माण गर्नुपर्ने भएको हुनाले यसलाई वैज्ञानिक र व्यवस्थित नवनिर्माण अपरिहार्य छ । अहिले राजनीतिक पार्टी र सरकारबाट खासै सन्तोषप्रद काम हुननसकेको यो अवस्थामा टालेटुले पुनर्निर्माण गरेर झारा टार्ने कामले राष्ट्रलाई अधोगतितिर धकेल्ने काम नहोस् भनी हामी सबैले खबरदारी गर्नुपर्छ ।
बृहत् नवनिर्माण प्राधिकरण अन्तर्गत वैज्ञानिक तरिकाले नयाँ नेपालको खाका कोर्नका लागि अहिलेको सरकार अगाडि बढेमा स्वदेश वा विदेश जहाँ भए पनि नेपालीबाट समर्थन प्राप्त हुनेछ । नयाँ नेपालको स्पष्ट खाकासहित हामी विदेशमा बसेका नेपालीहरुबाट सरकारले सहयोगको लागि राम्रो प्याकेज घोषणा गर्नुपर्छ । त्यसैले यहाँका नेपालीहरुको अपेक्षा भनेको राष्ट्र यतिबेला पुनर्निर्माणमात्र होइन, वैज्ञानिक नव निर्माणको बाटोमा अगागि बढोस् ।
binod shresthaविनाशलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्छ
विनोद श्रेष्ठ, महासचिव, गोरखा सेवा समाज, युएई
देश राजनीतिक अस्थिरतामा गुजि्ररहेको बेला गत वैशाख १२ को विनाशकारी महाभूकम्पले हामीलाई एउटा दरिलो झापड लगायो । अधिकांश पुराना संरचनाहरु ध्वस्त भए । बदलिँदै गरेको नेपालको क्रमगत विकासका योजना र लक्ष्यहरू फेरि पुनःस्थापना र नवनिर्माण आजको सबैभन्दा ठूलो आवश्यकता भएको छ । अब हामीले यो विनाशलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्छ ।
संसारमा यस्ता देशहरु पनि छन्, जसले यस्ता विनाशबाट माथि उठेर देशलाई नयाँ ढंगले निर्माण गरेका छन् । त्यसैले अब पुनःनिर्माण मात्रै नभनिकन नवनिर्माणको चरणमा हामी जान सक्नुपर्छ । त्यसको निम्ति हामीहरूले जहाँ छौं, सक्दो सहयोग गर्नुपर्छ । हामीले सरकारको मुख नताकी आफ्नो समस्या समाधान खोज्यांै भने सम्भवतः नेपाललाई जापान बनाउन सक्छौं ।
विदेशमा हामीले कमाएको पैसा रेमिटेन्स मार्फत् पठाएर पनि नेपालको आर्थिक विकासलाई टेवा पुर्याउन सकिन्छ । विशेषतः विदेशमा रहेका नेपाली संघसस्थाहरू एकरूपता भई आर्थिक सहयोग गरेमा पनि देश निर्माणमा सहयोग हुनेछ । देशमा भएका युवाहरूलाई स्वयमसेवक परिचालन गर्ने, आफूसँग भएको श्रम र सीप लगानी गर्ने र विदेशमा भएकालाई पनि भोलेन्टरी फोर्स खडा गरी देश पुनःनिर्माण गर्न सकिन्छ । यो राज्यको विषय हो । जुन देशमा राज्यका नीति नियम र परिधिमा रहेर जनताहरू सक्रिय रहन्छन्, तब मात्र विकास निर्माण सम्भव छ ।






प्रतिक्रिया दिनुहोस्...