कांग्रेस कास्कीका नेता रामजी पौडेलको हत्‍या


फोटो :नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेलको मृत अवस्थामा फेला परेको शव। तस्बिर: प्रेम नेपाली
हत्‍यामा संलग्‍न राजु राणाभाट पक्राउ
कास्की: नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल 'बादल'को हत्या भएको छ। लेखनाथ-१ पावरहाउस घर भएका उनको शव पृथ्वीराजमार्ग नजिकैको भीर तल भेटिएको स्थानीयले बताएका छन्। 
उनको हात, घाँटीमा चोट देखिएकोले आफन्तहरुले हत्या भएको भन्दै घटनाको छानबीन माग गरेका छन्।हत्‍याको विरोधमा उनीहरुले पृथ्वीराजमार्गमा चक्काजाम गरेका छन।   आक्रोसित भीडले बा १२ च ३२८० नम्वरको निजी मारुती सुजुकी गाडी जलाई दिएका छन। पौडेल देउवा पक्षका कार्यकर्ता हुन्।बादलको हत्‍यामा संलग्‍न राजु राणाभाट पक्राउ परेका छन्। हत्‍यामा संलग्‍न तीन जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।  





प्रतिक्रिया दिनुहोस्...