बनेपाका १३ वर्षीय फ्यानलाई रोनाल्डोको सरप्राइज


Cristiano-Ronaldo-sends-shirt (3)
काठमाडौं, भदौ ११ (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले बनेपाका बालकलाई आफूले हस्ताक्षर गरेको जर्सी उपहार स्वरुप पठाएका छन् । मिरर अनलाइनका अनुसार रोनाल्डोको जर्सी पाउने भाग्यमानी बालक हुन्, १३ वर्षीय जेतिन श्रेष्ठ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पका दौरान जेतिन फुटबल खेलिरहेका थिए । भूकम्प आउन्जेल उनी केही बेर रोकिए र फेरि रोकिएपछि फुटबल खेल्न थाले । यो सब फोटोग्राफर ओमार हभाना र पर्चुगलका पत्रकार मागरिडा मोटाले थाहा पाए । ‘मलाई क्रिस्टियानो रोनाल्डो र रियल म्याड्रिड मनपर्छ,’ जेतिनले भने, ‘एक दिन म पनि रियल म्याड्रिका लागि खेल्छु ।’
Cristiano-Ronaldo-sends-shirt (2)उनको कुरा सुनेपछि मोटाले रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेससँग कुरा गर्दै जेतिनका बारेमा सबै कुरा सुनाए ।
एक हप्ता अघि रोनाल्डोले जर्सीमा हस्ताक्षर गर्दै उपहार पठाए । सर्टमा लेखिएको छ, ‘जेतिन बलियो बन, धेरै शुभकामना । क्रिस्टियानो रोनाल्डो ।’






प्रतिक्रिया दिनुहोस्...