दोलखा केन्द्रबिन्दु बनाएर गयो फेरी भूकम्प
काठमाडौंः मंगलबार बिहानै दोलखा केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ४ बजेर ८ मिनेटमा दोलखास्थित चीनको सीमाना नजिकै केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का दोलखा, सिन्धुपालचोक, काभ्रे र रसुवासहितका जिल्लामा महसुस भएको थियो ।
बैशाख १२ मा गएको शक्तिशाली भूकम्पयता हालसम्म ४ म्याग्निच्यूड र सो भन्दा माथिका ३ सय ८० वटा बढी परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शनिबार दोलखा नै केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।

