२६ दिनदेखिको बन्दले टीकापुरको यस्तो हालत
कैलाली, भदौ १४ । २६ दिनदेखिको बन्दले कैलालीको टीकापुर बेहाल बनेको छ । २६ दिनअघि अखन्ड सुदूरपश्चिम पक्षधरले, त्यसको दुई दिनपछि थरुहट पक्षधरले बन्द गरेयता टीकापुर खुलेको छैन ।
७ गते आन्दोलनकारीको झडपमा प्रहरीका एसएसपीसहित ८ सुरक्षाकर्मी र एक बालक मारिएपछि कर्फ्यु र दंगाग्रस्त घोषणा गरिएको टीकापुर त्यसयता पूर्णरुपमा बन्द छ ।
लगातरको बन्दले जनजीवन निकै कष्टकर भएको छ । नूनतेल, चामल जस्ता दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । बजारमा रिचार्ड कार्डसम्म सकिएकाले स्थानीयलाई सन्चार सम्पर्कमासमेत कठीनाइ भएको छ । खाद्य वस्तुको मूल्य अकासिएको छ । तरकारीको अभाव भएको छ । सामानको कालोबजारी भइरहेको छ । सय रुपैयाँको रिचार्ज कार्ड दोब्बर मूल्यमा बिक्री भएको पाइएको छ ।
टीकापुर उद्योग वाणिज्य संघले बन्दबाट उद्योग व्यवसाय धराशायी भएको, दैनिक उपभोग्य वस्तुको चरम अभाव भएको र जनजीवन अत्यन्तै कष्टकर भएको बताएका छन् । कर्फ्यु खुकुलो गर्न प्रहरी प्रशासनलाई स्थानीयले आग्रह गर्दै आएका छन् ।
उता, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै टीकापुरमा गत सोमबारदेखि लगाइएको कर्फ्यु सोमबारबाट केही खुकुलो पारिएको छ । चौबीसै घन्टा लगाउँदै आएको कर्फ्यु सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म दुई घन्टाका लागि खोलिएको हो ।
कर्फ्यु खुकुलो पारिएसँगै स्थानीयको दैनिकी केही सहज बनेको छ । कर्फ्युका कारण टीकापुरमा फसेकाहरुलाई प्रहरीले उद्धार गरी धनगढी पुर्याएको छ । स्थानीय प्रशासनले कैलालीकै भजनी त्रिशक्ति नगरपालिकासहित दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुर गाविसमा लगाइएको कर्फ्यु भने अझै हटाएको छैन ।
धनगढी नगरपालिकामा भने सोमबार बिहान साढे ११ देखि साँझ साढे ५ बजेसम्म कर्फ्यु आदेश कायमै राखेको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेनाको उपस्थिति छ ।