घैंटे इनकाउन्टरको विरोध गर्ने नेतालाई संकेत गर्दै एसएसपी खनालले भने,‘गुन्डाहरुसँगको कनेक्सन बाहिर ल्याउँछौं’


श्रोत रास्ट्रिय खबर => काठमाण्डु, ४ भदौं । गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् ।चल्नेवाला छैन । हाम्रो लक्षय फ्रि अफ फियर सोसाइटी बनाउने हो । गुन्डाहरुबाट कसैले दुःख दिएका छन् भने गोप्य रुपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौं ।’ खनालले गुन्डा र प्रहरीबीचको दोहोरो भिडन्तमा घैंटे मारिएपछि विरोध गर्नेहरुलाई पनि सचेत गराएका छन् । उनले गुन्डाहरुको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि अनुसन्धान गरेर सार्वजनिक गर्ने बताए । घैंटको मृत्युपछि चौतर्फी खुसीयाली आएको र धेरैले आफूलाई बधाई दिएको एसएसपी खनाले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्...