विमानस्थलमा एकैछिन बस्दा तीनवटा बाकस ! ‘कसैलाई प्रदेशको चिन्ता, कसैलाई परदेशको ‘
नारायण पंगेनी
श्रोत अनलाइन खबर ३१ साउन, काठमाडौं । सामाजिक सञ्जालमा शनिबार एकजनाले संवेदनशील ट्वीट गरे -‘कँजाइ खानेलाई प्रदेशको चिन्ता, कमाइ खानेलाई परदेशको चिन्ता !
प्रदेशको सीमांकनबारे चिन्ता गर्दै देशैभरि आन्दोलनको राँको बलिरहेका बेला अनलाइनखरको टोली शनिबार दिउँसो त्रिभुवन विमानस्थल पुग्यो । त्यहाँ पुग्दा साँच्चै प्रदेशको होइन, परदेशको चिन्ता आफ्नै आँखाले देख्न पाइयो ।

विमानस्थलको आगमन कक्षको ‘वेटिङ’ रुपमा बसिरहेका बेला झण्डै ७० वर्षका वृद्ध अन्य दुईजना सहयोगीका साथमा ठूलो बाकससहितको ट्रली गुडाउँदै बाहिर निस्किए । बाहिर पर्खिरहेको एउटा समूह ट्रलीतिर मोडियो । ट्रलीबाट बाकस ओरालेपछि महिलाहरु रुन थाले ।
सोधपुछ गर्दा थाहा भयो, मलेसियामा कमाउन गएका नेपाली युवालाई बाकसमा प्याक गरेर ल्याइएको रहेछ । पाँचथर-१ सराङडाँडाका युवा पदमबहादुर आङ्दम्बेको शव शनिबार त्यसरी मलेसियाबाट नेपाल आइपुगेको हो ।
छोराको शव अगाडि उभिएका वृद्ध बाबु बहादुर आङदेम्बेले आँखा टिल्पिलाउँदै भने-‘के भएर घट्ना भएको भन्ने केही थाहा भएन । मर्नुभन्दा ४/५ दिनअघिमात्रै पैसा मगाउँदै मार्ने धम्की दिएका थिए ।’
हेर्दाहेर्दै अर्को बाकस !
आङ्देम्बेको दुखको कहानी सुनी नसक्दै विमानस्थलमा फेरि अर्को ट्रलीमा त्यस्तै बाकस आइपुग्यो । कुन चाँहि आफ्नो मान्छेको शव हो, ठम्याउन गाह्रो पर्यो आफन्तलाई ।
आङ्देम्बेको दुखको कहानी सुनी नसक्दै विमानस्थलमा फेरि अर्को ट्रलीमा त्यस्तै बाकस आइपुग्यो । कुन चाँहि आफ्नो मान्छेको शव हो, ठम्याउन गाह्रो पर्यो आफन्तलाई ।
‘यो धनेन्द्र राईको शव हो,’ उनका आफन्त रामबहादुर राईले भने, ‘मलेसियाबाट आएको हो ।’
उदयपुरको मैनामैनी गाविस-६ मयुङटारका २२ वर्षीय धनेन्द्र राईले मलेसियामै ज्यान गुमाएपछि नेपाली दूतावासको पहलमा शव नेपाल पठाइएको रहेछ ।
एक वर्षअघि मलेसिया गएका धनेन्द्र तीन भाइमध्येका कान्छो भाइ हुन् । ‘कपडा बनाउने कम्पनीमा काम गर्छु भन्थ्यो,’ धनेन्द्रका बडाबा रामबहादुर राईले भने, ‘कम्पनीमा काम गर्न थालेको केही महिनापछि बिरामी परेछ ।’
विमानस्थलमा सिमसिम पानी पर्दै थियो, रामबहादुरले अर्का एक युवकको साथ लिएर धनेन्द्रको शव घरमै पुर्याउने तयारी गरे । आङदेम्बेलाई चाँहि आर्यघाटतर्फ लगियो ।
धनेन्द्रको मृत्यु कसरी भयो भनेर सोध्दा नसोध्दै विमानस्थलमा फेरि अर्को बाकस आयो । त्यो पनि मलेसियाबाटै आएको रहेछ ।

सिद्धकाली गाविस-६ संखुवासभाका खड्गबहादुर जिमीको शव वैदेशिक रोजगार ब्यवसायीकै एम्बुलेन्समा राखेर आर्यघाटतर्फ लगियो ।
यो त शनिबार एकछिन एयरपोर्टमा बस्दा देखिएको दृश्य हो । परदेश गएका नेपालीहरुको शब यसैगरी दिनहुँजसो नेपालमा भित्रने गरेका छन् । प्रदेशको होइन, प्रदेशको चिन्ताले विदेश जानेहरु पनि उत्तिकै देखन्छिन्, दिनहुँ ।

बैदेशिक रोजगारमा गएर मनग्ने पैसा कमाएर फर्किने सपना बोकेर विदेश गएका नेपालीहरुको शव दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसैगरी आइपुग्छ । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा दुई पैसा कमाउन गएका युवाहरुको शव दिनहुँ बाकसमा प्याक भएर आएको देख्दा सबैको मन खिन्न हुन्छ ।
विदेशबाट पसीना बगाएर सिर्जिएको पैसा बुझ्नको साटो शव बुझ्न विमानस्थल पुग्नुपर्ने बाध्यता बनेको आफन्तहरुको ।
मलेसियाजस्तै खाडी मुलुक साउदी अरबबाट पनि यसरीगरी नेपालीयुवाको शव आउने गरेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जाने नेपालीको संख्या ३६ लाख रहेको छ । वैदेशिक रोजगारीका लागि दैनिक एक हजारदेखि १५ सय नेपाली विदेशिन्छन् ।
हालै सरकारले खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको ब्यवस्था गरेको छ । निःशुल्क भिसा र टिकटको ब्यवस्था गरिएपछि भने ती मुलुकहरुमा जाने क्रम केही पातलिएको विमानस्थल विमानस्थल पुग्दा अनुभव गर्न सकिन्छ ।