इराकमा १२ जना नेपालीको विभत्स हत्या भएको ११ बर्ष पुरा



काठमाण्डौं,१६ भदौ - रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको हत्या भएको बुधवार ११ बर्ष पुरा भएको छ। इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन (इस्लाम अल सुन्ना) समूहले विभत्स हत्या गरेको थियो।
 यसरी हत्या हुनेहरुमा झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुर, धनुषा महेन्द्र नगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापा रहेका छन् ।
२०६१ साल भदौ १६ गते अर्थात आजकै दिन इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रमण गरेका थिए ।  त्यससँगै नेपाली सञ्चारमाध्यम र विभिन्न खालका मस्जिदहरु समेत आदोलनकारीको निसानामा परेका थिए।
हुन त हत्याको पीडा वैदेशिक रोजगारीको क्षेत्रमा मात्रै परेको थिएन । ति १२ जना नेपाली दाजुभाईका परिवारका सबै सदस्यमा परेको पीडा निकै दर्दनाक थियो । तर त्यसको भौतिक रुपमा क्षति भने म्यानपावर व्यवसायीले व्यहारेका थिए । त्यही दिनलाई उनीहरुले ’कालो दिन’ को रुपमा मान्ने गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्...