वीरगन्जमा पनि सेना परिचालन


फोटो :मार्चपास गर्दै नेपाली सेनाको टुकडी । तस्बिर : अन्नपूर्ण
सिडिओ भन्छन्, ‘मलाइ थाहा छैन’
वीरगन्ज : मंगलबार प्रहरीको  वीरगन्जमा बुधबार बिहानदेखि नेपाली सेना परिचालन भएको छ ।

हतियारसहितका सेनाले नगरका विभिन्न स्थानमा बिहानैदेखि गस्ती गरिरहेका छन् । यस्तै सेनाको एक टुकडीले बुधबार बिहान वीरगन्ज नगरक्षेत्रमा मार्चपाससमेत गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने सेना परिचालनबारे आफुलाई थाहा नभएको बताए ।

‘सेना परिचालनको औपचारिक निर्णय भएको छैन, शायद गाडी स्कर्टिङका लागि सेनाले गस्ती गरेको होला’, घिमिरेले बुधबार बिहान अन्नपूर्ण पोस्ट्सँग उनले भने ।

प्रहरी र सेनाको सहयोगमा स्थानीय प्रशासनले बुधबार बिहान वीरगन्ज नाकाबाट झण्डै दुई सय मालबाहक सवारी साधन विभिन्न गन्तब्यमा पठाएको छ ।

सडकमा हतियारसहित निस्किएका सेनाले गस्ती र मार्च पास गर्न थालेपछि नगरवासी झन त्रसित बनेका छन् ।

वीरगन्जमा सोेमबारदेखि अनिश्चितकालीन कफर्यू जारी छ ।  घोषणा गरिएको छ ।

वीरगन्जमा सोमबार र मंगलबार भएको झडपका क्रममा प्रहरीको गोली लागेर पाँचजना प्रदर्शनकारी र सर्वसाधरणको मृत्यु भइसकेको छ ।

गोली लागेर २५ जना भन्दा बढि घाइते भएका छन् । गम्भीर घाइते तीनजनाको काठमाडाैंमा उपचार भइरहेको छ ।

यस्तै मंगलबार भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि २० जना भन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएको प्रजिअ घिमिरेले बताए ।






प्रतिक्रिया दिनुहोस्...