बैंक ठगेर फरार भएकी शोभा श्रेष्ठ पक्राउ


क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा कार्यरत कार्यरत हुँदा धितोको गलत मूल्यांकनमा श्रेष्ठको संलग्नता रहेको थियो । छुट्टाछुट्टै दुई कसुरमा दोषी पाइएपछि पुनरावेदन अदालत पाटनले २०७१ बैशाखमा उनीविरुद्ध दुईलाख २० हजार रुपैयाँ जरिवाना र एक वर्ष ९ महिनाको कैद फौसला गरेको थियो ।
काठमाडौं-१० बस्ने श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनले स्थलगत रुपमा कर्जाको लागि धितो मूल्याङ्कन गर्दा गलत रिर्पोट बनाएर फाइनान्सलाई हानी पुर्‍याएको अभियोगमा अदालतले कैद तथा जरिवना तोकेको थियो ।
श्रेष्ठलाई जिल्ला अदालतमा पेश गरेर कैदका सजायका कारागार पठाईएको ब्युरोले जनाएको छ । यसअघि सोही फाईनान्सको रकम ठगी गरेर फरार रहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्...