दिलीप रायमाझीकी छोरीको जन्म दिन अमेरिकामा यसरी मनाइयो । (फाटो फिचर



दिलीप रायमाझीकी छोरीको जन्म दिन अमेरिकामा यसरी मनाइयो । (फाटो फिचर)
भदौ १५, काठमाण्डौँ । ग्रीनकार्ड पाएर परिवारसहित अमेरिकामा छन् दिलीप रायमाझी । चार वर्ष हराएर नेपाली चलचित्र भैरवको सफलतामा निखिल उप्रेती रमाईरहँदा दिलीप अमेरिकामा छोरीको जन्म दिन मनाउँदै छन् । पुराना र निकै सम्भावना रहेका कलाकारको रुपमा चिनिएका दिलीप केहि महिना अघि मात्र अमेरिका पुगेका हुन् । नेपाली चलचित्रमा आफ्नो भविष्य नदेखेर हो वा अझै बढी उन्नतिको लागि हो उनले अमेरिका बस्ने निर्णय लिए ।
परिवारसहित अमेरिका पुगेका दिलीपको श्रीमति मन्जु रायमाझीको पनि केहि साता अघि जन्मदिन परेको थियो । जन्म दिनलगायतका कार्यक्रममा नेपाली कलाकारहरुको अमेरिकामा पनि गतिलै जमघट हुने गरेको छ । थुप्रै कलाकारहरु अमेरिका पुगेका कारण पनि त्यस्ता पारिवारीक कार्यक्रमहरुमा नेपालको झल्को देखिन्छ । दिलीप र मुन्जुकी छोरी दिव्याको जन्मदिनमा पनि नेपाली चलचित्रकर्मीको उपस्थिति देखियो ।
दिलीपको छोरी दिव्याको जन्म दिनमा करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि उपस्थित थिईन । करिश्माकी छोरी र दिव्या दुबैलाई नेपाली सिने जगतमा सम्भावना बोकेका नायिकाको रुपमा हेर्ने गरिएको छ । अमेरिकामा नै रहेका निर्देशक श्याम भट्टराईले यस्तै स्टाटस लेख्दै दिव्याको जन्म दिनको तस्वीरहरु सार्वजनिक गरेका छन् । 
 






प्रतिक्रिया दिनुहोस्...