वैज्ञानिकले छालाबाटै बनाए शुक्रकिट र अण्डा


विशेष प्रकारका प्रजनन कोषबाट सरीरमा शुक्रकिट र अण्डा उत्पादन हुने गर्छ । तर वैज्ञानिकहरुले भने शुक्रकिट र अण्डाको उत्पादन गर्न छालाको प्रयोग गरेका छन् । बेलायतको क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुले छालाका कोषबाट कृत्रिम शुक्रकिट तथा अण्डा तयार गर्न सफल भएका हुन् । मानिसको भ्रुणात्मक स्टेम कोषलाई प्रयोगशालाको अत्यधिक नियन्त्रित वातावरणमा ५ दिनसम्म कल्चर गरि वैज्ञानिकहरुले शुक्रकिट र अण्डाजस्ता सेक्स कोषिका निर्माण गरेका हुन् । वैज्ञानिकहरुका अनुसार स्टेम कोशिकालाई सेक्स सेल्समा परिणत गरिएको सोही पद्धतिबाटै मानिसको छालाको तन्तुलाई समेत प्रारम्भिक अवस्थाका शुक्रकिट तथा अण्डामा परिणत गर्न सकिन्छ । यसरी छालाबाट तयार गरिएका प्रारम्भिक अवस्थाका प्रजनन कोषहरु विस्तारै परिपक्व शुक्रकिट तथा अण्डामा विकाश हुने उनीहरुको भनाइ छ । यो अनुमानलाई प्रमाणित गर्नका लागि वैज्ञानिकहरुले त्यसरी उत्पादन गरेका प्रारम्भिक अवस्थाका प्रजनन कोषहरुलाई मुसाको डिम्बासयमा प्रत्यारोपण गर्नेछन् र डिम्बासयभित्र प्रजनन कोष परिपक्व अवस्थामा विकशित हुने हेर्नेछन् । यदि मुसाको डिम्बासयमा प्रत्यारोपित प्रजनन कोषहरु परिपक्व अवस्थामा विकशित भएमा यो ठूलो उपलब्धि हुने र त्यसपछि मानिसको छालाबाट शुक्रकिट तथा अण्डा उत्पादन गरि बाँझोपना भएका मानिसको उपचारमा वरदान सावित हुने दाबी वैज्ञानिकहरुको छ । यसलाई चिकित्सा विज्ञानमा ऐतिहासिक उपलब्धिको रुपमा लिन सकिने दाबी शोधकर्ताहरुले गरेका छन् । प्रमुख शोधकर्ता अजिम सुरानीले यो पद्धति निकै नै छिटो भएको बताएका छन् । स्मरण रहोस् सन् २०१२ मा जापानी वैज्ञानिकहरुले स्टेम कोशिकाबाट मुसाको अण्डा उत्पादन गरेका थिए जसलाई मुसामा गर्भाधारण गरि बच्चा जन्माइएको थियो । बेलायतको म्यानचेष्टर विश्वविद्यालयका वैज्ञानिकहरुले मानिसमा समेत सोही पद्धतिबाट शुक्रकिट उत्पादन गरेको दाबी सन् २००९ मै गरेका थिए । तर त्यसको पुष्टि भने गर्न सकेनन् ।  onlinekhabar




प्रतिक्रिया दिनुहोस्...