मेरो हनिमुन: शारीरिक सम्बन्ध मायाको अभिव्यक्ति


माघ २० गते हाम्रो बिहे भएको २५ वर्ष पुग्दैछ। तर, अहिलेसम्म हनिमुन मनाउन कतै गएका छैनौं। तर पनि हामीबीचको प्रेम अरूको भन्दा कम छैन। नौ वर्षको उमेरदेखि सुनीलजीलाई चिनेकी हुँ। 
 
मेरो लागि उहाँसँगको चिनजान, निकटता नौलो थिएन। सधैं भेटघाट हुने, घरमा पनि आइराख्ने मान्छे भएकाले कुनै अप्ठ्यारो थिएन। 
 
इन्गेजमेन्ट भएको तीन वर्षपछि हामीले बिहे गर्‍यौं। बिहेको ६ महिनाअघिदेखि सामान जोड्न थाल्यौं। सबै व्यवस्था आफैंले मिलाएर गएकाले नयाँ घर पनि नौलो लागेन। 
 
बिहेअघिदेखि नै मलाई उहाँको ख्याल गर्ने बानी परेको थियो। उहाँको सोझोपन, उहाँले गरेको संघर्ष देखेर म साह्रै प्रभावित थिएँ। कामको सिलसिलामा प्राय: सँगै हुन्थ्यौं। उहाँ मेरो लागि अभिभावक हुनुहुन्थ्यो। 
बिहेअघिदेखि नै उहाँको ख्याल गर्ने बानी परेको थियो। बिहे भएपछि शारीरिक रूपमा पनि नजिक भयौं। यो मायाको अभिव्यक्ति हो। शारीरिक सम्बन्धपछि दुईजना एक भयौं भन्‍ने महसुस भयो। 
बिहे भएपछि शारीरिक रूपमा पनि नजिक भयौं। यो मायाको अभिव्यक्ति पनि हो। शारीरिक सम्बन्धपछि दुईजना एक भयौं भन्ने महसुस भयो। बिहे भएको तीन दिनपछि नै मेरो  छायांकन सुरु भयो।
 
कतै घुम्न जान पाइएन। कामको सिलसिलामा भने धेरै पटक विदेश गएका छौं। त्यतिबेला पनि हामी समूहमै हुन्थ्यौं। दुईजनाले मात्र समय बिताउने मौका हुन्थेन। 
 
दुवैजना सँगै बसेर फोटो पनि खिचाएनौं। उहाँलाई फोटो खिच्न मन पर्छ, मलाई खिचाउन। उहाँ मेरो फोटो खिच्नुहुन्थ्यो म 'पोज' दिइरहन्थेँ। 
 
प्राय: हामी काममै व्यस्त भइरहन्थौं। मलाई बेग्लै बसेर, दुईजना घुम्न गाएर मात्र माया हुन्छजस्तो लाग्दैन। उहाँले मलाई कहिल्यै प्रेम गर्छु भन्नु भएन। तर, महसुस हुन्छ- उहाँ मलाई जति माया गर्नुहुन्छ त्यति माया म अर्को जुनीमा पनि गर्न सक्दिनँ। 
 
हिजोआज चाहिँ विद्यार्थीबाट सिकेर होला, कहिलेकाहीँ 'ए केटी आई लभ यु' भन्नुहुन्छ। यो उमेरमा आएर यस्तो सुन्दा अफ्ठ्यारो लाग्छ। 
 
अहिले महिनामा एक पटक भए पनि हामी एकअर्काका लागि समय छुट्ट्याउँछौं। रातभरि गफ गरेर बस्छौं। मनमा लागेका हरेक कुरा सुनाउँछौं। कुनै कुरामा चित्त नबुझेको भए यही मौकामा छिनोफानो गर्छौं। माया गर्न हनिमुन नै चाहिने होइन। भीडमै भएपनि, नबोलेरै पनि प्रेम अभिव्यक्त गर्न सकिन्छ। 





प्रतिक्रिया दिनुहोस्...