भारतको आसामस्थित सोनितपुर र कोकराझार जिल्लामा भएका अज्ञात समूहको आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु


 भारतको आसामस्थित सोनितपुर र कोकराझार जिल्लामा भएका अज्ञात समूहको आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बालबालिका र महिला रहेको बताइएको छ ।
 


आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । प्रहरीले सोमबार प्रतिबन्धित चरमपन्थी समूह एनडीएफबीका दुई मुख्य नेता मारिएको बदलास्वरुप उनीहरुले नै आक्रमण गरेको हुन सक्ने दाबी गरेपनि उक्त संगठनले जिम्मेवारी भने लिएको छैन ।




प्रतिक्रिया दिनुहोस्...