गएको रात बन्यो दुर्घटनाको रात..रातभरि दुर्घटनै दुर्घटना- ४ को मृत्यु।
११ पुष,काठमाडौं ।देशका विभिन्न ठाउमा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नया बेलहानी ७ मा गएराती ट्रक र मोटरसाईकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना २ ख ८४२५ नम्बरको ट्रक र विपरित दिशातर्फ बाट आउदैगरेको ना ३२ प ३२५ नम्वरको मोटरसाईकल आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको हो । मोटरसाईकल चालक नया बेलहानी ८ बस्ने ३२ वर्षिया भुपराज कोईरालाको घटनास्थमा नै मृत्यु भएको थियो । पछाडि बस्ने सोहि ठाउ निवासी २८ वर्षिय पे्रम कोईरालाको भरतपुर मेडिकलन कलेजमा उपचारको त्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालक फरार छन । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्दियाको देउडाकलामा ट्रक र जिप एकआपसमा ठोकीदा एकजनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ३ ख ९०७३ नम्वरको ट्रक र विपरित दिशाबाट आउदै गरेको रा १ ज २९२ नम्वरको जीप एकआपसमा ठोकीदा बर्दिया धधवारकी माया ज्ञवालीको घटनास्थलमानै मृत्यु भएको हो ।
उता प्यूठानमा भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ । बाङ्गेशालको सुकुमवासी वस्ती नजिँक रा २ त ९४४६ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सुकुमवासी वस्ती फोर्सावाङ्गका २९ वर्षिय चालक देविराम डालाको उपचारको क्रममा मृत्यु भएको छ । बाङ्गेशालको दर्भानबाट ढुङ्गा बोकेर कालिवन तर्फ जाँदै गरेको ट्याक्टर विहिवार दिउँसो दुर्घटना भएको थियो ।

