सलमानको ठाउमा कपिल शर्मा
बलिउड अभिनेता सलमान खानले आगामी बिगबोस संचालन नगर्ने भएका छन | उनको सट्टा कपिल सर्माले बिग बोस को संचालन गर्ने भएका छन |
डिसेम्बर २७ मा सलमान खानको जन्म दिन परेको र उनले परिवारसँग जन्मदिन मनाउन विदा मागेकाले प्रसारण संस्था कलर्स टिभीले एक दिन कार्यक्रम चलाउन कपिललाई बोलाएको हो। अब सलमान खान बिग बोसमा देखिने छैनन्। जनवरीदेखि फिल्म बजरंग भाइजानको सुटिङमा व्यस्त हुने भएकाले उनले बिग बोस छोडेका हुन्। फराह खान बिग बोसमा जनवरी महिनाका प्रस्तोता हुनेछन्। सलमान खान अब फिल्म तिर लाग्नेछन |उनले आफ्नै कारणले बिग बोस छोडेका हुन् |फिल्मलाई समय दिनको लागि उनले यस्तो निर्णय गरेको बताएका छन |

