एउटा तस्विर जसले बाबुरामको मन पगाल्यो


एमाओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम गोरखाका स्थानीय विकास अधिकारी प्रेमराज गिरीलाई गोरखा जिल्लाका समस्या समाधानका लागि निर्देशन दिएका छन् ।

बाबुरामको गोरखास्थित निर्वाचन क्षेत्रका चेपाङ वालिका जोखिमपूर्ण तरिकाले ट्यूवमा त्रिशुली नदीमा तरिरहेको दृष्य शुक्रबार एक राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो ।

बाबुरामले त्यो तस्विर देखेपछि तत्काल फोन गरेर यस्तो निर्देशन दिएको जानकारी ट्वीटर र फेसबुकबाट सार्वजनिक गरेका छन् ।बाबुरामले तत्काल त्यस क्षेत्रमा झोलुङ्गे पुल बनाउन ठोस योजना बनाएर तत्काल पहल थाल्न निर्देशनात्मक आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

छिटो पुल निर्माणको निम्ति आफूले पनि केन्द्रबाट पहल गर्ने भट्टराईले प्रतिबद्धता जनाएका छन् ।सभापति भट्टराईले आफूले पहिले पनि त्यस क्षेत्रमा नदी तर्न समस्या भएपछि झोलुङ्गे पुल बनाउन पटक पटक भनेको उल्लेख गर्दै २१औं शताब्दीमा पनि झोलुङ्गे पुलको अभावमा त्यस्तो कष्टकर तरिकाले विद्यालय जान पर्नु देशकै व्यइज्जत भएको अधिकारी गिरीलाई बताएका थिए ।

त्यस्तै सभापति भट्टराईले गिरीलाई नयाँ पत्रिकामा प्रकाशित गोरखा नारेश्वरका १३ वर्षे रामशरण उपरकोटी ह्वीलचियरको अभावमा घस्रँदै विद्यालय जानुपरेको समाचारका सन्दर्भमा पनि तत्काल स्थानीय तबरबाट कसरी हुन्छ ह्वीलचेयर उपलब्ध गराउन भनेका छन् ।

जिल्लाबाट सम्भव नभएमा आफूले व्यक्तिगतरुपमा भने पनि सहयोग गर्ने उनले बताएका छन् ।nepaliheadlines.com




प्रतिक्रिया दिनुहोस्...