'मोदीको नक्कल गर्दा प्रशारण रोकिने, यो कस्तो लोकतन्त्र ?'


काठमाडौं- नेपाल टेलिभिजनबाट हरेक बिहीबार प्रशारण हुँदै आएको हाँस्यब्यंग कार्यक्रम तीतो सत्यको हिजोको नियमित प्रशारण रोकिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेको भन्दै प्रसारण रोकिएको दिपारश्री निरौलाले बताइन्।

'टेलिभिजनले नयाँ कार्यक्रम मागेको थियो, तर यसमा हामीले आपत्ति जनाउँदै नयाँ कार्यक्रम दिएनौ' निरौलाले भनिन् 'टेलिभिजनले पुरानो कार्यक्रम प्रशारण गरिदियो।' 'माधव नेपाल, सुशील कोइराला, बाबुराम भट्टराईको क्यारिकेचर गर्न हुने मोदीको गर्दा रोकिने' यो कस्तो लोकतन्त्र हो दिपाले भनिन्। श्रृंखलामा गाँउमा विकासको काममा ढिला सुस्ति देखिएपछि एक ब्यक्तिलाई नक्कली मोदी बनाएर ल्याएपछि विकासको काम धमाधम हुन थालेको देखाइएको दिपकराज गिरीले आफ्नो फेसबुकमार्फत बताएका छन्। तीतो सत्यमा देखाइएको विषयमा दुई देशबीचको सम्बन्धमा आँच आउने कुनै बिषय नभएको र मोदीलाई नराम्रो नदेखाइएको गिरीले बताए। 'संवाद हिन्दी भयो पनि भनियो' गिरीले भने 'मोदीको अभिनय गर्दा शायद भाषा चाइनिज हुन सक्दैन।'



,

प्रतिक्रिया दिनुहोस्...