कट्रिना करिना म लगायत सबै बेश्या हौँ त ?-राखी सावन्त


भारतमा आईटम डान्स गर्नेलाई बेश्या घोषणा गर्नुपर्ने माग सहित अदालत जाने अखिल भारतीय हिन्दु महासभाको निर्णय विरुद्ध बलिउड नायिका राखी सावन्तले आपत्ति जनाएकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले प्रक्रिया अगाडि नबढाउनको लागि गुहार्ने बताएकी छन्। राखीले महासभाले कट्रिना कैफ, करिना कपुर र आफूलाई पनि वेश्या भनेको बताउँदै त्यी सबै मुर्ख पुरुषहरुलाई नै वेश्यावृतिमा धकेल्नु पर्ने बताइन। ‘हाम्रो कामका बारेमा प्रतिक्रिया दिने हिम्मत तिनीहरुमा कहाँबाट आयो भन्दै राखीले यस्तो बेवकुफ कुरा सहेर नबस्ने पनि बताइन्। डान्स गर्दैमा कोहि पनि मान्छे बेश्या हुन नसक्ने पनि उनले बताएकी छन |यस्तो प्रस्ताव लिएर अदालत जाने जो कोहीको बिरुद्ध आफु पनि लाग्ने पनि उनले बताएकी छन |उनले भनेकी छन आईटम डान्स गर्ने कट्रिना करिना म लगायत सबै बेश्या हौँ त ?




प्रतिक्रिया दिनुहोस्...