ठमेलको यौनबजार, खुलेआम मोलतोल
हामी ठमेलको रात्री जिवनलाई नजिकबाट नियाल्न त्यहाँ पुगेका थियौं ।
खबर तिनको संकलन गर्नुथियो –जो रातभर ठमेलमा यायावर जस्तो हल्लिरहन्छन् र हजारहजारका नोटसँग आफ्नो मस्त जवानी साटीरहन्छन् ।
घडिको सुई जति घुम्दै जान्थ्यो ठमेल त्यति नै रफ्तारमा आफ्नो ब्यस्तता बढेको नक्कल गथ्र्यो । सम्पती सुद्धिकरण अनुसन्धान विभागसँगै जोडीएको थियो ‘गार्डेन अफ ड्रिम’ क्याफे । रात छिप्पिँदै थियो, ठिक त्यहि वेला गार्डेन अफ ड्रिमबाट केही पर्यटक निस्किए । निस्कनासाथ उनीहरु निकै आकर्षक जस्ता लाग्ने दर्जन बढी सुन्दरीहरुबाट घेरिए । ती सुन्दरीहरुले निकै लालसपुर्ण मुद्रामा तिनलाई हेरिरहेका थिए ,केहीले अंग्रेजीमा सेक्स प्रस्ताव तेस्र्याईरहे । तर पर्यटक दोहोरो कुरा नगरी आफ्नो बाटो लागे ।रात जति छिप्पिँदै जान्थ्यो, त्यस्ता युवतीहरुको चाँङ बढ्दै थियो । उनीहरु त्यहाँ हिंड्ने बटुवालाई हाकाहाकी सोध्थे ‘जाने हो ?’ थाहा पाएकाहरु जिस्किन्थे, थाहा नहुनेहरु लजाउँथे । को हुन् उनीहरु ? लामो समयदेखि ठमेल चोकमा ह्याण्डीक्राफ्टको ब्यापार गर्दै आएका रामकृष्ण महर्जन भन्दै थिए ‘यिनीहरु युवती हैनन् तेस्रो लिंगी हुन् ।’
धेरैसँग धेरै कुरा भए । तर हामी पत्रकार भन्ने थाहा पाएपछि मून्टो बटारेर हिँडे । मध्यरात ठमेल थुप्रिएका दर्जनौं तेस्रो लिंगी मध्येकै एक हामीसँग कुरा गर्न राजी भईन् । तपाईको नाम के हो ? हाम्रो प्रश्न खस्न नपाउँदै उनले भनिन् ‘रितु ’ । दोस्रो प्रश्नपछि बल्ल उनले थर भनिन् ‘केसी’ । उनले न घर सिधा बताइन् न बस्ने ठेगाना, हाम्रा प्रश्नहरुको हावादारी उत्तर दिएर उनी अर्कै दिशातिर लम्किइन् । त्यहाँ उपस्थित तेस्रो लिंगीहरुमा कुनै लज्जाको भावना वा गाम्भियर्ता थिएन । उनीहरु हल्काफुल्का जवाफ दिन्थे र पैसा धुत्ने खेलोमा लागीहाल्थे ।
यसरी ठमेल चोकमा तेस्रो लिंगीहरुले मध्यरातसम्म बार्गेनिङ गरिरहे । बार्गेनिङको शुरु र अन्तको कुनै सिमा थिएन । यसको अर्थ उनीहरु मान्छे हेरेर आफ्नो मुल्य आफैं तोक्थे । हामीले लुकीछिपी केही तस्बिरहरु खिच्यौं । डाईरेक्ट खिच्दा असुरक्षीत हुने डरले हामीले प्रहरीको सहायता माग्यौं तर प्रहरी देखेपछि उनीहरु कुलेलाम ठोक्ने हुनाले संभवै भएन । उनीहरुले देख्ने गरी फोटो खिच्ने कुरै भएन । हामीले मोटरसाईकलको हेडलाईट बालेर खिच्दै गर्दा एक तेस्रो लिंगी अपशब्द बोल्दै आक्रमणमा उत्रिईन, उनलाई साथ दिन दर्जनौ तेस्रो लिंगी जम्मा भैसकेका थिए । हामी लुसुक्क भाग्यौं ।
केटी भन्दै मुर्गा बनाउँदै
मध्यरातसम्म ठमेलको सडकमा दर्जनौं स्मार्ट तेस्रोलिंगीहरु भेटिए । तर उनीहरुले आफुलाई ‘केटी हौं’ भन्दै ग्राहकलाई पट्याउने गरेका छन् । जसले गर्दा धेरै ग्राहकहरु फस्ने गरेको ठमेलमा ड्युटी गरिरहेका एक प्रहरी अधिकारीले बताए । उनीहरुले आफ्ना ग्राहकलाई सोह्रखुट्टे वा लैनचौर तिरका आफ्ना कोठामा लगेर यौन प्यास मेटाउने गरेका छन् । एक प्रहरी सई भन्दै थिए ‘यिनीहरुको छुट्टै कोड भाषा छ,र गजबको एकता छ ।’ आजभोली प्रहरीले पहिलेको तुलनामा निकै कडाई गरेकाले तेस्रो लिंगीको संख्यामा निकै कमि आएको बताए उनैले । उनका अुनुसार ठमेलमा कडाई गरेपछि तेस्रो लिंगीहरु रत्नपार्क, चावहिल र गौशला तिर बाँडिने गरेका छन् । उनिहरुले छुट्ट्याएको एरिया बाहेक अन्यत्र जाँन निषेध गरिएको थियो । अझ यसलाई यसरी भनौं रत्नपार्कमा बस्ने हरुलाई ठमेल जाँने अनुमती थिएन, यो नियम स्वयमं उनीहरुले नै बनाएका थिए ।
thamel (4)
लाजको पसारो
तेस्रो लिंगी मात्र नभएर अन्य पेशेवर यौन ब्यवसायीले पनि रातभर ठमेलका सडकहरुमा रमिता देखाउने गरेका छन् । गएको राती सार्क सचिवालय अगाडी दुई यौन ब्यवसायी ग्राहकहरुसंग मोलमोलाई गर्दै थिए, कुरा नमिलेपछि ग्राहकले मुन्टो बटारे । त्यसमध्ये एउटीले भनिन् ‘कविता दिदी एकछिन छेकीदिनुस न, पिशाव गर्नुपर्यो ।’ एउटीले छेकेजस्तो गरिन्, अर्किले सडक पेटीमै पिशाव गरिन् । वरपर रमिते थिए, तर उनीहरुले दिएजस्तो गरेनन् । उनीहरु पिशाव फेर्नुलाई पनि अर्कै भाषाको प्रयोग गर्दै थिए,जुन शब्द यहाँ प्रयोग गर्न हामी असमर्थ छौं । ठमेलको सुरक्षाका लागी खटिएका प्रहरी यस्सो आएजस्तो गर्थे तर उनीहरुको क्रियाकलाप नदेखेझैं गरिदीन्थे, जसको परिणाम खुलेआम यौन धन्दा मौलाईरहेको थियो । घरी ट्याक्सिमा चढ्ने, घरी ओर्लीएर बार्गेनिङ गर्ने ,यौनीक शब्दहरु बोल्नु उनिहरुका लागी सामान्य थियो ।
प्रहरीहरु प्राय:ठमेल चोकमा बस्थे । त्यसयता संचयकोष भवन अगाडी भने यौनब्यवसायीहरु बार्गेनिङ गरिरहन्थे । प्रहरी लौरा बजाउँदै आउँदा अधिकांश ट्याक्सि भित्र पस्थे भने कोही गल्लितीर भाग्थे । तिनै प्रहरीका सई’साप भन्दै थिए ‘ग्राहक ठग्नमा यि ट्याक्सीवालाले पनि सेटीङ मिलाउँछन् ।’ यौन ब्यवसायीले ट्याक्सी ड्राईभरहरु संग मिलेर बिच बाटोमा अरु मान्छे चढाउने र गल्लितीर लगेर लुट्ने गरेको बताउँदै थिए ती प्रहरी । यो रमिता रातको दुई बजेसम्म चल्यो । रातको दुई बजे ठमेलका डिस्को र डान्स क्लवहरु बन्द हुँदै गर्दा ठमेललाई तेस्रो लिंगी र अन्य यौन ब्यवसायीले छाडीसकेका थिए । प्रहरीका भ्यानहरु विस्तारै अगाडी बढे, साईरन वाला रातो बत्ति मात्र बलेको थियो तर ईमर्जेन्सी साईरन बजेको थिएन । हामी एकपटक फेरी सम्पती शुद्धिकरणको मुलगेट नियाल्न पुग्यौं, जो निकै अगाडी नै बन्द भैसकेको रहेछ । ठमेल रित्तो हुँदै गर्दा सायद धेरैको खल्ति पनि रित्तीसकेको थियो ।