काठमाडौंको सडक : ‘नर्क जाने बाटो जस्तै’ (फोटो कथा



२ पुस, काठमाडौं । राजधानीको सुकेधारा नजिकै कोरामा बसेका आफन्तलाई भेटेर फर्केका एमाले सभासद चन्द्रबहादुर गुरुङले हिलो बाटोमा हिँड्न नसकेपछि भने- ‘यो काठमाडौंभन्दा त हाम्रो गाउँ (मोरङ) कै बाटो ओभानो !
सभासद गुरुङले भनेजस्तै राजधानीको सडक हिँड्नै नसकिने गरी हिलो र फोहोर बनेको छ । बालबच्चाहरु विद्यालयसम्म पुर्‍याउनै नसकिने अवस्था आएको छ ।
राजधानीबासीले आफूहरुलाई नर्कमा बसेजस्तै लाग्न थालेको गुनासो पाखेका छन् । कतिपयले यहाँको बाटोमा हिँड्नुभन्दा नर्क जाने बाटो सजिलो होला भन्ने उपमासमेत दिए ।
दुई दिनदेखि परेको पानीले राजधानीको सडक मान्छे हिँड्ने बाटो हो कि धान रोप्न ठीक पारेको खेत हो, छुट्याउनै नसकिने भएको छ ।
काठमाडौंमा सार्क सम्मेलन सकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि तत्कालै नेपाल आउने सम्भावना छैन । त्यसैले एक महिनाअघि भैपरि आउने भन्दै २ अर्ब रुपैयाँ स्वाहा पारेको सरकारले धमाधम सडक खन्न र भ्वाङ पार्न थालेको छ ।
सार्क सम्मेलनमा विदेशीलाई देखाउन निर्माण गरिएको सडक महिना दिन नबित्दै मेलम्ची आउने नाममा भत्काउन थालिएको हो ।
मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउन काठमाडौंका विभिन्न ठाउँमा करिब ६ सय किलोमिटर सडक थमाधम भत्काउन थालिएको छ ।
मेलम्चीको पानी काठमाडौंका धारामा ०७३ साल बैशाख १ गते खसाल्ने सरकारको तयारी छ ।
मेलम्चीको पानी दुई वर्षपछि काठमाडौंमा र्झछ कि झर्दैन थाहा छैन । तर, राजधानीका सडक भत्काउन थालिएपछि सर्वसाधारणले पाएको सास्तीचाहिँ यस्तो छ-
Digging a road for Melamchi pipeline (14)
Digging a road for Melamchi pipeline (23)
digging-a-road-for-Melamchi
digging-a-road-for-Melamchi1
Digging a road for Melamchi pipeline (2) - Copy
Digging a road for Melamchi pipeline (3) - Copy
Digging a road for Melamchi pipeline (5) - Copy
Digging a road for Melamchi pipeline (6) - Copy
Digging a road for Melamchi pipeline (10) - Copy
Digging a road for Melamchi pipeline (12) - Copy
Digging a road for Melamchi pipeline (17) - Copy






प्रतिक्रिया दिनुहोस्...