मेगा बैंकमा २ करोड बढी ठगी गर्ने गिरोह पक्राउ (भिडियोसहित)


काठमाडौं, माघ ९ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले मेगा बैंकमा ठगी गर्ने गिरोहलाई शुक्रबार सार्वजनिक गरेको छ ।

दुई करोड, नौ लाख, ९० हजार ठगी गरेको आरोपमा प्रहरीले शम्भुबहादुर थापा, प्रविण पाण्डे र प्रदीप पाण्डेलाई पक्राउ गरी सार्वजनिक गरेको हो । आरोपी बैंकका शाखा प्रबन्धक राजेन्द्र पाण्डे भने फरार छन् ।

टुरिजम डेभलपमेन्टकोबैंकको मेगा बैंकमा रहेको खाताबाट उनीहरुले रकम ठगी गरेका थिए । चोरी भएकोमध्ये १० लाख १५ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

अरु रकम धादिङस्थित प्रविण पाण्डेका घरमा जमिनमुनि गाडेर राखेकाले सडेको अवस्था रहेको महानगरीय प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीले जानकारी दिए ।

यस्तै, ड्रिम अफ माउन्टेन कोरीयन लाङ्वेयज सेन्टरका प्रशिक्षक कोरियन नागरिक च्याङ यो क्वङ्को कोठाबाट चोरी गर्ने अर्जुन मगर र सञ्जय रामलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ ।

उनीहरुले दुई थान ल्यापटप, एक थान आइफोन, एक लाख नेपाली रुपैयाँ र दुई हजार अमेरिकन डलर चोरेको आरोप लगाइएको छ ।





प्रतिक्रिया दिनुहोस्...