जनतासँग माफी माग्नुपर्छ : बाबुराम


काठमाडौं, माघ ८ । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले माघ ८ मा संविधान दिन नसकेकोमा दलहरुले जनतासँग क्षमा माग्नुपर्ने बताएका छन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा विहीबार सन्चारकर्मीसँग कुरा गर्दै भट्टराईले दलहरुले संयुक्त वक्तव्य जारी गरेर जनतासँग माफी माग्नुपर्ने बताए ।

माघ ८ मा संविधान जारी हुन नसक्नुमा सबै दल दोषीरहेको भन्दै उनले संवादबाटै सहमति खोज्नुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्...