साउदी अरबका राजा अब्दुल्लाहको निधन


काठमाडौं, माघ ९ । साउदी अरबका राजा अब्दुल्लाह बिन अब्दुलाजको ९० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केहि हप्तादेखि निमोनियाबाट ग्रसित राजा अब्दुलाजको उपचारका क्रममा अस्पतालमा निधन भएको त्यहाँको राजपरिवार कार्यालयले जनाएको छ ।

राजपरिवार कार्यालयले शुक्रबार बिहान जारी गरेको वक्तव्यमा राजा अब्दुलाजको निधनपछि अब उनका भाइ ७९ वर्षीय सल्मान नयाँराजा बन्ने उल्लेख छ ।

अब्दुलाज सन् २००५ मा आफ्ना सौतेनी दाजु शाह फहदको निधनपछि राजगद्दीमा बसेका थिए । यद्यपि, राजा शाह फहद दीर्घरोगका कारण शासन चलाउन सक्षम नभएकाले अब्दुलाजले त्यसको १० वर्ष अघिबाटै सरकारको बागडोर सम्हालेका थिए ।

राजा अब्दुलाजलाई साउदी अरबमा केही महत्वपूर्ण सुधार गरेको श्रेय जान्छ । साउदी अरबमा महिलाले पनि चुनावमा मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था राजा अब्दुलाजले नै लागू गरेका थिए । (एजेन्सी) 





प्रतिक्रिया दिनुहोस्...