Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सुरु गर्ने मौका छ। सन्तान वा अनुयायीले सहयोग जुटाउनेछन्। तर, धैर्यले काम लिने समय छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। |
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):नयाँ काममा हात हाल्ने समय छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। भूमि तथा मातृधनबाट लाभ लिने मौका देखिन्छ। स्थायी सम्पत्ति समेत जोड्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। |
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):काम सजिलो गरी नबन्न सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ने देखिन्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिनेछन्। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। प्रतिस्पर्धा गरेपछि लाभ मिल्नेछ। |
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही कठिनाइको समय छ। सोचेको समयमा काम सम्पादन गर्न नसकिएला। हातमा आएको अवसर फुत्कन सक्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अनावश्यक ठाउँमा धन खर्चनुपर्ला। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ। |
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, पेटको खराबीले स्वास्थ्य कमजोर बन्ने समय छ। निर्णायक क्षमतामा कमी आउला। समयमा निर्णय नलिनाले हातमा आएको प्रतिफल गुम्न सक्छ। |
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):काममा आलस्य जाग्नुका साथै घरखर्च बढ्नेछ। काममा लगानी बढाउनुपर्नेछ। सरसापट वा उधारो रकम हातलागी नहुन सक्छ। आर्थिक अभावले सताउने देखिन्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धा र वैदेशिक क्षेत्रबाट फाइदा उठाउन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ। |
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। श्रमको उचित मूल्यांकन होला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। समय उत्साहवद्र्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ हुनेछ। धन संग्रह गर्ने समय छ। |
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):अरूका जिम्मेवारी वहन गर्नुपर्ला। प्रतिष्ठित काम वा पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्। काममा मातापिताको सहयोग प्राप्त होला। प्रयत्न गर्दा प्रतिष्ठित काम गर्ने मौका आउला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा फाइदा हुनेछ। |
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा समेत पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। भाग्योन्नतिको समय छ। |
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):प्रयत्न गर्दा नसोचेको धन लाभ हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। व्यापारमा पनि फाइदा हुनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। |
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। केही अधैर्यपना बढ्न सक्छ। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। |
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):आम्दानी बढ्ने समय छ। गरेका काममा फाइदा नै हुनेछ। वैदेशिक यात्राको अवसर आउला। काममा केही प्रतिस्पर्धा भने गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौतीहरू आइलाग्नेछन्। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। लेनदेनमा पनि विवाद आउने योग छ। प्रतिस्पर्धा, वादविवाद र साझेदारीमा निकै सजग रहनुहोला। |