भारतको ठुलो सफलता, अग्नी-५ मिसाइलको सफल परिक्षण


ओबामा फर्किए लगतै भारतले गर्यो शक्तिशाली अग्नी-५ को परिक्षण

१७ माघ,एजेन्सी।  भारतले शनिवार जमिनबाट जमिनमा प्रहार गर्ने अन्तर महादेशिय ब्यालेस्टिक मिसाइल(intercontinental ballistic missile)को सफलतापुर्वक परिक्षण गरेको छ। ५ हजार किलोमिटर सम्म प्रहार गर्ने सक्ने यो मिसाइलले १ टन सम्मको गोला बारुद सहित आणविक हतियार समेत बोक्न सक्दछ।

यो सफलतासंगै भारत अन्तर महादेशिय ब्यालेस्टिक मिसाइल भएको पाँचौ मुलुक भएको छ। यस अघि अमेरिका, रसिया, फ्रान्त र चीनसंग मात्र यस्तो मिसाइल थियो।


अमेरिकी राष्ट्रपति भारत भ्रमणबाट फिर्ती र चीनले गरेको पाकिस्तानको प्रसंसासंगै भारतले यस्तो मिसाइलको परिक्षण गरेको हो।

परिक्षणको समयलाई पनि अर्थपुर्ण मानिएको छ।

भारतीयि समय अनुसार बिहान ८ बजेर ६ मिनेटमा ओडिशाको समुन्द्री तटबाट यसको प्रक्षेपण गरिएको थियो।
पुर्णरुपमा भारतमै निर्मित १७ मिटर लम्बाइ र २ मिटर चौडाई भएको यो मिसाइलको तौल ५० टन छ। ५ हजार सम्म प्रहार गर्ने यसको क्षमताको कारण चीन सहित सम्पुर्ण युरोप भारतको निशाना भित्र आएको छ।


भारतले अग्नी-५ को परिक्षण गरेको यो तेस्रो पटक हो। यसअघि सन २०१२ अप्रिल र सन २०१३को सेम्टेम्वरमा पनि सोहि स्थानबाट परिक्षण गरेको थियो।

भारतसंग यसअघि नै ७०० किलोमिटरसम्म प्रहार गर्न सक्ने अग्नी-१, २ हजार किलोमिटर सम्म प्रहार गर्ने क्षमता भएको अग्नी-२ र २५ सय देखि ३५ किलोमिटर सम्म प्रहार गर्ने सक्ने अग्नी-३ र अग्नी-४ नामक मिसाइल छन्।





प्रतिक्रिया दिनुहोस्...