दिपाश्री को रक्सी खर्च कति ?


 अभिनेत्री दिपाश्री निरौला घरको गृहमन्त्रालय,अर्थमन्त्रालय,सञ्चार मन्त्रालयलगायत सबै मन्त्रालय सम्हालिरहेकी छन् । मासिक ५० हजार रुपैयाँ सम्म खर्च गर्ने उनले सबैभन्दा बढी महिनामा ५० हजारसम्म खर्च गर्छिन् । उनको सबैभन्दा बढी खर्च लत्ताकपडामा हुन्छ । उनले लत्ताकपडामा १०–१५ हजारसम्म खर्च गर्छिन् । खाद्यान्नमा भने उनको ७–१० हजार खर्च हुन्छ ।



धुम्रपानमा एक रुपैयाँ पनि खर्च नगर्ने निरौलाको मद्यपानमा भने अलि बढी नै खर्च हुन्छ । तर,मद्यपानमा उनको खर्च जाडोमा भने अलि बढी नै हुन्छ । मद्यपानले नजिक बनाउने हुँदा पनि मद्यपान शीर्षकमा खर्च बढेको उनको तर्क छ ।‘रक्सीले मानिसलाई नजिक्याउने हुँदा मद्यपानमा मेरो खर्च भइरहन्छ । जाडोमा अझै यो शीर्षक अन्तर्गतको खर्च बढ्छ’ दिपाश्रीले आजको नयाँ पत्रिका दैनिकसँग कुराकानी गर्दै भनेकी छन् ।




प्रतिक्रिया दिनुहोस्...