माघेसंक्रान्ति मेलामा युवाको हत्या


नुवाकोट : नुवाकोटको तुप्चे गाविसमा माघे संक्रान्ति मेला हेर्न गएका एक युवाको गएराती हत्या भएको छ । प्रहरीले युवाको हत्यामा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । 

 
छिमेकी गाविस तुप्चेको भैरमकोटमा लाग्ने माघे संक्रान्ति मेला हेर्न गएका बेला बुधबार राती नुवाकोटको विदुर–८ राइसिहमा चारघरेका युवा युवा सतिश तामाङ हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

सदरमुकाम विदुरदेखि १६ किलोमिटर पशिचमको चारघरे–९ खानीगाउँका २१ वर्षीय तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिए । 

टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । 
हत्यामा संलग्न भएको आशंकामा विदुर नपा–८ का पाँच जना युवकलाई हिरासतमा लिइएको छ । प्रहरीले १८ वर्षीय शेरवहादुर तामाङ, २१ वर्षीय वुद्धिमान तामाङ, १८ वर्षीय बुद्धिमान लोप्चन, २३ वर्षीय पुर्णबवहादुर तामाङ र ३० वर्षीय ज्ञानबहादुर मिजारलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको  । 

नुवाकोटका नौ कोटमध्ये भैरुमकोटमा माघे संक्रान्तिको अघिल्लो रात मेला लाग्छ ।





प्रतिक्रिया दिनुहोस्...