किन नयाँबानेश्वर एक्कासी गरियो प्रहरी तैनाथ ?


काठमाडौं । राजधानीको केन्द्रविन्दु मानिने नयाँबानेश्वर चोक जहाँ मानिसहरुको आवतजावत निकै हुने गर्दछ ।

फाट्टफुट्ट प्रहरी तैनाथ भएको त हामि दिनहुँ देख्छौं तर आज एक्कासी सयौंको संख्यामा एकै ठाउमा यसरी प्रहरी तैनाथ भएको देख्दा जो कोहि पनि एक पटक उभिएर हेर्नै कर लाग्यो, कारण थियो नयाँ संबिधान कै । माघ ८ मा आउने भनिएको नयाँ संबिधान नआउने छाँटकाँट देखिए पछि बिभिन्न ठाउँमा बिरोध प्रदर्शन तथा दबाब मुलक कार्यक्रम गरीएको छ । त्यसतै एक्कासी यसरी प्रहरी तैनाथ गर्नुको कारण पनि नयाँ संबिधानका लागि गरीएको दबाब मुलक कार्यक्रम नै थियो। बिभिन्न आदिबासी जनजाति संघले नयाँ संबिधान समयमै पाइयोस, संघियता सहितको संबिधान बनोस भन्दै साँस्कृतिक कार्यक्रम समेत गरेको थियो । साथमा मानव अधिकार तथा शान्ति समाजले पनि नयाँ संबिधान, मानव अधिकार सम्वत संविधान, समयमै संविधान जारी हुनुपर्छ भन्दै धर्ना दिएको थियो ।




प्रतिक्रिया दिनुहोस्...