बलात्कारमा लिप्त बाबुले छोरी बेहोस हुँदा पनि बलात्कार गर्न छोडेनन (भिडियो)
यही कुरा ति युवतीले आफ्नी आमा,मामा र फुपुलाई भनेपनि उनीहरुले एक पटकलाई माफी गरिदिन आग्रह गरेपछि युवतीले धुलीखेलको जंगलमा गएर विष खाइन् । उनले आफ्ना बुबाको पेट बोकेर बाँच्नु भन्दा आफुले देह त्याग्ने निधो गरेर बिष सेवन गरे पनि प्रहरीले उनको उद्धार गरेपछि युवतीले लेखेको डायरीका आधारमा घटना सार्वजनिक भएको अध्यक्ष थापाले बताइन् ।
अध्यक्ष थापाका अनुसार आत्महत्या प्रयास गर्नु अघि ति युवतिले आफ्नी आमा अंकलसँग सल्केको र आफुले बाबुको भुँडी बोकेको आफन्तलाई भन्दा समेत न्याय नपाउने देखेपछि यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेकि छिन् । ति युवतीलाई अहिले रक्षा नेपालको संरक्षणमा उपचार गरिराखिएको अध्यक्ष थापाले बताइन् । सो अवसरमा अध्यक्ष थापाले नेपालको कानुन अत्यन्त कमजोर रहेको बताइन् । उनले भनिन बलात्कार गर्ने बाबुलाइ जम्मा १८ बर्ष कैद हुन्छ , त्यो पनि ९ बर्षमा छुट्छ । यस्तो कानुनले पनि अपराधीलाई अपराध गर्न प्रशय दिइरहशेको छ । कानुन बलियो नभएसम्म यि र यस्ता घटना रोक्न गाह्रो हुने उनले बताइन् ।