डुङगा डुब्दा २२ व्यक्ति नदीमा हराए


चीनको ठूलो नदी याङ्गत्जेमा शुक्रबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा २२ व्यक्ति बेपत्ता भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।


केही समयअघि मात्र निर्मित सो डुङ्गा चीनको पूर्वी प्रान्त जिआङ्गसुमा २५यात्रुसहित बिहीबार परीक्षणको अवस्थामा दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

सो दुर्घटनाबाट तीन व्यक्तिलाई उद्वार गरिएको र करिव आठ विदेशीसहित २२ बेपत्ता रहेका बताइएको छ ।

सिङ्गापुरको विदेश मन्त्रालयका प्रवक्ताले एएफपी समाचार समितिलाई उक्त डुङ्गामा आफ्ना चार नागरिक परेका जानकारी दिएको छ ।

जापानी र भारतीय राजदूतावासले आ-आफ्ना एक, एक नागरिक सो डुङ्गामा सवार रहेका एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्...