रक्सीले मातेका युवा फलामे रडमा उनिएपछि...
न्यूदिल्ली: रक्सीको मातेको सुरमा पिसाब फेर्न निस्किएका एक युवक चिप्लिएर लड्दा उनको शरिरमा रडले छेडेको छ । भारतको राजस्थानका २९ वर्षीय युवा अजय देवडाको मलद्वारबाट पसेको रड अगाडि याैनाङ्ग छेडेर निस्कँदा पनि बाँच्न सफल भए ।
इन्डिया टूडेको अनलाइनले शुक्रबार छापेको समाचार अनुसार रक्सी पिएर पिसाब फेर्न निस्किएका उनी चिप्लँदा मलद्धारबाट छिरेको फलामे रड यौनाङ्गबाट निस्किएको थियो । शरिरमा रड उनिएपछि उनि ठूलो स्वरमा चिच्याएका थिए ।
रडले छेडेर रगताम्य भएका उनी भाग्यवस बाँच्न सफल भएका छन् । मलद्वार र याैनाङ्ग क्षतविक्षत अवस्थामा भएको अवस्थामा अस्पताल पुर्याइएका उनलार्इ चिकित्सकहरुले बचाउन सफल भएका छन् ।
स्थानीयको सहयोगमा घाइते युवकलाई राजस्थानकै वासवाडा अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनको याैनाङ्गमा उनिएको रड सफलतापुर्वक निकालेको अस्पतालले जनाएको छ ।
स्थानीयको सहयोगमा घाइते युवकलाई राजस्थानकै वासवाडा अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनको याैनाङ्गमा उनिएको रड सफलतापुर्वक निकालेको अस्पतालले जनाएको छ ।