जसले पूर्वयुवराज पारसलाई पक्रेर पोखराबाट चितवन पुर्याएका थिए


काठमाडौं । राजसंस्था रहुन्जेल पूर्वयुवराज पारस शाहसित प्रहरीका उच्च अधिकारी सीधा बोल्नसमेत डराउँथे । तर,तिनै पारसविरुद्द सार्वजनिक अपराधको मुद्दा दायर गर्दै चार वर्षअघि प्रहरीले गिरफ्तार गर्यो । दुई सय ३७ वर्षको इतिहास बोकेको पूर्वराजसंस्थाका कुनै सदस्यविरुद्द फौजदारी मुद्दा चलेको र पक्राउ गरिएको त्यौ नै पहिलो घटना थियो ।

कांग्रेस नेतृ सुजाता कोइरालाका छोरीज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरीसँगको विवादमा २५ मंसिर २०६७ मा चितवनको टाइगर टप्स होटलभित्र पारसले गोली चलाएपछि उनलाई पक्राउ गरिएको थियो । पोखरामा रहेका पारसलाई पक्राउ गरेर चितवन पुर्याउने जिम्मा थियो तत्कालीन गण्डकी अञ्चल प्रहरी प्रमुख तथा अहिलेका डीआइजी केशव अधिकारीको पारसलाई पक्राउ गर्न प्रहरीले ठूलै संघर्ष गर्नुपर्यो ।

हाल महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख रहेका अधिकारीले पारसलाई पोखराका एसपी पुस्कर कार्कीले पक्राउ गर्न जाँदा पारसले अस्वीकार गरेपछि उनलाई पक्राउ गरेका थिए । ‘एसपी पुस्कर कार्कीले पक्राउ गर्न नसकेपछि प्रहरी प्रमुख कुबेर सिंह रानाले मलाई जान आदेश दिनुभयो ।

त्यसबेलाका आइजिपी रमेशचन्द्र ठकुरीले पनि फोन गरेर ल तिम्रो जिम्मेवारी भयो , उहाँलाई सकुशल चितवन पुर्याउनु भन्नुभयो’ अधिकारीले विगत सम्झिए ।

अधिकारीका अनुसार नेपाली मिडिया मात्र होइन,बिबिसी,सिएनएन,आजतक तथा टोकियो टेलिभिजनलगायतले उनलाई फोन गरेर पारसलाई कसरी चितवन लैजानुहुन्छ भनेर आश्चर्य मान्दै प्रश्न गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







प्रतिक्रिया दिनुहोस्...