इस्लामिक बिद्रोहीले गर्यो ११ सैनिकको हत्या
इराकमा भएको इस्लामिक बिद्रोही आइएसको हमलामा कम्तिमा ११ सरकारी सैनिकको मृत्यु भएको छ। राजधानी बगदादबाट उत्तरको अल दुजाली जिल्लामा भएको भिडन्तमा ६१ जना घाइते भएका छन् ।
यसैगरी मध्य इराकको अमिरियात फलुजमा एक प्रहरी चेक पोष्टमा भएको आक्रमणमा एक प्रहरी अधिकारी र तीन सर्वसाधारण समेत मारिएका छन् । उता सलाह इल डीनमा सरकारी सेना र विद्रोहीका बीच भिडन्त भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच इराकी प्रधानमन्त्री हैदर अल अवादीले अष्ट्रेलियासँग सैन्य सहयोगका लागि आग्रह गरेका छन् । इराक भ्रमणमा रहेका अष्ट्रेलियाका प्रधानमन्त्री टोनी अब्बोटसँग उनले अमेरिका नेतृत्वको संयुक्त सुरक्षा कारवाहीमा सहभागि हुन आग्रह गरेका हुन् ।