पोखरामा ४.८ रेक्टर स्केलको भूकम्प


१७ माघ, काठमाडौं । पोखरा आसपासको क्षेत्रमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । पोखराको बाटुलेचौरभन्दा माथिल्लो क्षेत्रमा रहेको पहाडी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प भएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले अनलाइनखबरसँग भने-‘आवाज निकै ठूलो आएको थियो । तर, अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।’




प्रतिक्रिया दिनुहोस्...