दिनमा २० मिनेट हिँडडुल गर्दा आयु लम्बिन्छ


 नियमित रुपमा हिँडडुल गर्दा स्वास्थ्यमा फाइदा पुग्ने कुरा त हामी सबैलाई थाहा छ । यस्तो हिँडाइ वा दौड एकाध घण्टाकै हुनुपर्छ भन्ने सोँच्नुभएको छ होला । तर वैज्ञानिकहरुले भने दिनमा केवल २० मिनेट सम्म मात्र हिड्नेहो भने पनि त्यसले मानिसको आयु केही वर्ष बढाउने निष्कर्ष निकालेका छन् ।

मोटोपनाबाट ज्यान गुमाउनेहरुभन्दा व्यायामको अभावका कारण सिर्जना हुने रोगका कारण ज्यान गुमाउनेहरुको संख्या झण्डै दोब्बर रहेको भन्दै शोधकर्ताहरुले सामान्य खाले शारीरिक क्रियाकलापले समेत रोगब्याधीबाट बचाएर दीर्घजिवन प्रदान गर्ने गुह्य तथ्य सार्वजनिक गरेका हुन् ।

बेलायतको क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुले ३ लाख ३४ हजार जनामा गरेको अध्ययनले मध्यम मात्राको कार्यकलापले समेत जिवन लम्ब्याउने तथ्य पत्ता लगाए । सानो कसरतले समेत ठूलो फाइदा पूराउने ठहर उनीहरुको छ ।

शोधकर्ताहरुका अनुसार दिनको २० मिनेट हिड्ने वा सोही बराबरको कसरत गर्दा सानो उमेरमै ज्यान जाने खतरा एक तिहाइले घट्दछ ।



निस्त्रिmय जिवनशैलीबाट मध्यमस्तरको सक्रिय जिवनशैलीमा रुपान्तरण हुँदा ठ्याक्कै कति वर्ष आयु बढ्छ भन्ने कुराको लेखाजोखा नगरिएको भएपनि मोटोपना भएका मानिसहरुमा समेत यस्तो हिँडाइले छिटो मर्ने जोखिममा १६ प्रतिशतले कमी आउने शोधकर्ताहरुको भनाइ छ । सन्तुलित तौल भएका मानिसहरुमा त नियमित हिँडाइले यस्तो जोखिम ३० प्रतिशतले घटाउँछ ।

शारीरिक रुपमा निस्त्रिmय रहने मानिसहरुमा सानो मात्राको दैनिक शारीरिक गतिविधिले उल्लेखनीय स्वास्थ्य लाभ पूराउने तथ्य अध्ययनबाट प्रमाणित भएको मुख्य शोधकर्ता उल्फ एकेलण्डले बताएका छन् ।
शोधकर्ताहरुका अनुसार युरोपमा हरेक वर्ष ३ लाख ३७ हजार जना मानिसको मोटोपनाबाट सिर्जित स्वास्थ्य समस्याका कारण ज्यान जाने गर्छ । जबकी त्यसको दोब्बर अर्थात् ६ लाख ७६ हजार जना मानिसले शारीरिक व्यायाम वा सक्रियताको कमीका कारण सिर्जना हुने रोगका कारण ज्यान गुमाउँछन् ।




प्रतिक्रिया दिनुहोस्...