प्रेमिका भगाउन आमालाई छुरा हानियो


फोटो :फाइल फोटो
सिरहा : सिरहाको गोलबजार नगरपालिका–६ मा एक युवकले प्रेमिकालाई भगाउन उनकी छुरा हानी छुरा हानी फरार भएका छन् । स्थानीय गोवर्धन साहकी पत्नी मिनादेवीलाई छुरा हानेपछि उनकै १५ वर्षीय छोरी ममतालाई लिएर ३५ वर्षीय महेन्द्र साह फरार भएका हुन् ।
 
छुरा प्रहारबाट घाइते मिनादेवीको गोलबजारमै प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको छ । उनको गालामा धारीलो हतियारले प्रहार गरेको देखिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष निरौलाले बताए ।
 
गोबर्धन र महेन्द्रले गाउँमा सँगै व्यवसाय गर्दै आएका थिए । महेन्द्र र ममतावीच केही समयदेखि प्रेमसम्बन्ध रहेको स्थानीयको भनाइ छ । महेन्द्रले छोरी लग्ने विषयमा विवाद भएपछि विवाद हुँदा छुरा प्रहार गरेको हुनसक्ने प्रहरीले बताएको छ । 
 
विवाहित महेन्द्रका छोराछोरी समेत छन् । आमालाई छुरा हानेर ममतालाई लिएर फरार महेन्द्रको खोजी भईरहेको प्रहरीले जनाएको छ । 





प्रतिक्रिया दिनुहोस्...