धन कमाउन विदेश गएको छोराको शव बाकसमा आयो


पाँच महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, लखनपुर–५ का मोहन जवेगुको शव आज घर ल्याइएको छ । कामको सिलसिलामा गत भदौ ५ गते मृत्यु भएका २७ वर्षीय जवेगुको शव ल्याई आज नै अन्त्येष्टि गरिएको हो । उहाँको कन्काई नदीमा किरात धर्म संस्कृतिअनुसार अन्त्येष्टि गरिएको हो । काठमाडौँको ब्रज ह्यूमन रिसोर्सेसबाट २०६९ पुसमा साउदी पुगेका जवेगुको मुनर अल ओमान कम्पन्नीमा स्काफोल्डरमा काम गर्दै आएका थिए । पाँचथरको याङ्नाम–५ घर भएका उनी लखनपुर–५ को गेउरियाको आफन्तको एक घरमा बस्दै आएका थिए । रासस




प्रतिक्रिया दिनुहोस्...